5 years ago
September 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस कोभिड १९ का कारण आर्थिक कठिनाई भएपछि राष्ट्रिय पारा तेक्वान्दोका खेलाडीलाई खाद्यान्य सहयोग गरिएको छ ।

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एवंम् कोटेश्वर तेक्वान्दो डोजाङको सहकार्यमा काठमाडौं ३२ वडाले खेलाडीलाई खाद्यान्न सहयोग गरेको हो । पारा तेक्वान्दो समितीका सचिव समेत रहेका ओलम्पियन दीपक विष्टको आग्रहपछि श्रेष्ठले सहयोग व्यवस्था मिलाएका थिए ।
यसरी सहयोग पाउने खेलाडीमा रन्जना धामी, पलेसा गोबद्र्धन, दीपेश महत, राम अधिकारी, सृजना घिसिङ, सीता भण्डारी र लोकराज शाही छन् । निषाधाज्ञाका कारण मुख्य प्रशिक्षक श्रेष्ठले खेलाडीको घरसम्म खाद्यान्न पुर्याउन सहयोग गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]