5 years ago
October 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्यले प्रथम बंगलादेश तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।

गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको सागमा एकल र समूहमा स्वर्ण पदक जितेकी आयशाले आइतबार अनलाइनमार्फत भएको च्याम्पियनसिपमा ४० वर्ष मूनिको उमेर समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । सागपछि आयशा पहिलो पटक अनलाइन प्रतिस्पर्धामा सहभागी भएकी हुन् ।
३० वर्ष मूनिको प्रतिस्पर्धामा स्वर्ण र रजत दुवै नेपाली खेलाडीले जितेका छन् । त्यसमा पार्वती गुरुङले पहिलो र निता गुरुङले दोस्रो स्थान प्राप्त गरेका थिए । सागमा पार्वतीले व्यक्तिगत र निताले समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
यू २४ वर्ष मूनिको महिलातर्फ सिना मादेनले रजत पदक जितिन् । सिना सागकी व्यक्तिगतमा स्वर्ण र समूहमा कास्य पदक विजेता हुन् । त्यस्तै यू २४ वर्ष मूनिको पुरुषतर्फ कृष्णबहादुर तामाङले रजत पदक जिते । कृष्णले सागमा रजत पदक जितेका थिए । सोही समूहमा दीपेन्द्र गुरुङले छैटौं स्थान प्राप्त गरे ।
सागमा दीपेन्द्रले भने समूहमा कास्य पदक जितेका थिए । आइतबार अनलाइन पुम्सेमा भाग लिने ६ मध्ये पार्वती नेपाल पुलिस क्लबकी र बाँकी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।
सेनाको लगनखेलस्थित आर्मी फिजिकल टेर्निङ एन्ड स्पोर्टस सेन्टरबाट खेलाडीले अनलाइन प्रदर्शन गरेको थिए । आर्मीका प्रशिक्षक ओलम्पिक दीपक विष्ट र दानबहादुर ऐरीको पहलमा खेलाडीहरुले च्याम्पियनसिपमा भाग लिएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]