default_image

5 years ago

October 5, 2020

आयशा, नेगी र विकेश अब अन्तर्राष्ट्रिय प्रशिक्षक

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स लिन सफल भएका छन् ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा २ देखि ४ अक्टोबरसम्म सञ्चालन भएकोे चौथो वल्ड पारा तेक्वान्दो अनलाइन इन्टरनेसनल कोच सर्टिफिकेसन कोर्स (लेभल वान) मा उनी इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स लिन सफल भएका हुन् ।

कोर्षमा पारा तेक्वान्दोको इतिहास, कोच एडमिनिट्रेसन बाई लज, वर्गिकारण, कम्पिटिसनका नियाम, सेफ गार्डिङ, बायोलोजिकल एस्पेक्ट्स, खेल व्यवस्थापन, एन्टी डोपिङ, कोड अफ इथिक्स, पिएसएस, मनोवैज्ञानिक प्रभावको बारेका अध्ययन गराइएको लामाले जानकारी दिए ।

अनलाइन क्लास तथा प्रशिक्षण विश्व तेक्वान्दो संघको पारा समिटिको पारा गेम्सका प्रमुख डब्लुटी (इडुकेटर) उस्मान दिलदार, चकिर चेल्वाटले सञ्चालन गरेका थिए । कोर्षपछि १०० पुर्णाङ्क परिक्षा लिइएको थियो । जसमा नेपाली तीनै प्रशिक्षकले शतप्रतिशत अंक ल्याएर परिक्षा उत्र्तिण गरेको लामाले बताए । ७० प्रतिशत अंक ल्याएपनि उत्र्तिण हुने व्यवस्था थियो ।

प्रशिक्षक लामाले सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएको डब्लुटिएफ पार्टनरसिप तेक्वान्दो कार्यक्रमको पारा कोर्समा पनि सहभागिता जनाएका थिए । उनी नेपाली पारा तेक्वान्दो टोलीका प्रशिक्षक हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागकी दोहोरो स्वर्ण पदक विजेता आयशाले आइतबार इन्टरनेसन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । आयशा राष्ट्रिय खेलकुद परिषद्की सहायक प्रशिक्षक समेत हुन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.