default_image

5 years ago

October 22, 2020

दीपक र राजेन्द्र विश्व ओलम्पियन संघको निर्वाचनमा सहभागी

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियन खेलाडी दीपक विष्ट र राजेन्द्र भण्डारीले विश्व ओलम्पियन खेलाडीको संघको निर्वाचनमा सहभागिता जनाएका छन् ।

पहिलो पटक भएको संघको निर्वाचनमा फ्रान्सका जोएल कोउजोउ अध्यक्षमा निर्वाचित भए । उनी यसअघि पनि अध्यक्ष नै थिए । महासचिवमा पेरुका एन्थोनी लेडगार्ड तथा बर्मुडाका प्याट्रिक सिंगेल्टन कोषाध्यक्षमा निर्वाचित भएको विष्टले जानकारी दिएका छन् । कार्यकाल ४ वर्षको हुनेछ ।

एसिया प्रतिनिधिमा जापानकी मिकाको चुनिएकी छिन् । विश्व व्यापी कारोना भाइरस कोडिभ १९ का कारण जुममार्फत बिहीबार भएको निर्वाचनमा विभिन्न देशका १ सय ९८ जना ओलम्पियनले सहभागिता जनाएका थिए ।

निर्वाचन पछि ओलम्पियनको लागि कसरी के गर्ने विषयमा छलफल हुनुका साथै नयाँ खेलाडीहरुलाई ओलम्पिक खेल्न सक्ने बनाउने विषयमा छलफल भएको विष्टले बताए । उनले ओलम्पियनहरु देशको एम्बेसडर रहेको र ओलम्पियनहरु आ–आफ्नो ठाँउमा सक्रिय रहिरहनु पर्र्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता दीपक र राजेन्द्र अलग अलग ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए । धावक राजेन्द्रले सन् २००४ को एथेन्स ओलम्पिकमा भाग लिएका थिए ।

त्यस्तै तेक्वान्दोका दीपकले छनोट चरण पार गरेर २००८ को बेजिङ ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । दीपकले १९९९ देखि २०१० सम्म सागमा स्वर्ण पदक जित्नुका साथै २००२ र २००६ को एसियाली खेलकुदमा कास्य पदक जितेका थिए । राजेन्द्रले २०१० को सागमा रोडरेसमा स्वर्ण पदक जितेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.