default_image

5 years ago

October 25, 2020

युथ स्टार हिमालीबास निलोलाई फुटसल उपाधि

229 views

0 Bookmark

रौतहट (हाम्रो खेलुकद)– श्री हिमालीबास फुटसल युवा क्लबले आयोजना गरेको प्रथम गाउँ स्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ।

रौतहटको फतुवा विजयपुर ( ११ स्थित मैदानमा भएको फाइनलमा हिमालीबास फुटसल युवा क्लब रातोलाईलाई ३–२ ले पराजित गर्दै युथ स्टार हिमालीबास निलोले उपाधि जितेको हो।

विजेता टोलीका लागि दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे । हिमालीबास रातोका लागि मादुले र सरोज भुजेलले समान १ गोल गरे । विजेता टोलीका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । ८ गोल गरेका दिवस नै प्रतियोगिताको उच्च गोलकर्ता बने र उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

उपाधि विजेता टोलीले उपाधिसहित १२ हजार रुपैयाँ प्राप्त गर्यो । विजेता टोलीलाई प्रतियोगिताका मुख्य अतिथि पवन तिमल्सिना, सभापति डा. अर्जुन श्रेष्ठले संयुक्त रुपमा पुस्तकृत गरे । ३ दिन सम्म चलेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको कार्यक्रम सन्चालक समेत रहेका समाजसेवी एन के शरदले जानकारी दिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.