default_image

5 years ago

November 8, 2020

तेक्वान्दो पुम्से च्याम्पियनसिपमा राजुले जिते पदक

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्प्यिनसिपको ५० वर्षमाथिको समूहमा अलग अलग देशमा रहेका खेलाडीले पदक जितेका छन् ।

मेक्सिको जुआन भेलास्कोले स्वर्ण पदक जितेका थिए । आइतबार सम्पन्न प्रतियोगितामा नेपालबाट प्रतिस्पर्धा गरेका लक्ष्मणबहादुर ऐरले रजत पदक जितेको छ । त्यस्तै मकाउनमा रहेका राजु नगरकोटी र भारतका प्रमित कुमारले कास्य पदक जितेका थिए ।

पाँचौं डानका राजुले यसअघि पनि पटक पटक विभिन्न प्रतियोगितामा भाग लिदै र सफलता प्राप्त गर्दै आएका छन् । साउनमा अमेरिकाका फ्लोरिडामा भएको २०२० फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन पुम्से च्याम्पियनसिपको ४१ देखि ५० उमेर समूहमा स्वर्ण पदक विजेताका थिए ।

नेपालमा रहँदा त्रिभुवन आर्मी क्लबबाट खेलेका नुवाकोटका राजु स्वर्गिय मानबहादुर तामाङबाट प्रशिक्षण लिएका थिए । तामाङले सन् १९८८ भएको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.