5 years ago
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन तथा दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता दीपक विष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आइतबार गरिएको आफ्नो दोस्रो पिसिआर टेष्टमा नेगेटिभ आएको विष्टले हाम्रो खेलकुदलाई जानकारी दिए । मंसिर ३ गते उनलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी पत्नी १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य भने गत साता नै कोरोना मुक्त भएकी थिइन् ।
त्यसअघि विष्टका आमा बाबु, भाई र बुहारीलाई पनि संक्रमण भएको थियो । उनीहरु सबै पहिले नै कोरोना मुक्त भइसकेका छन् । लक्षणसहितको कोरोना पछि विष्ट होम आइसोलेसनमा बसेका थिए । नियमित योगा, व्यायाम, पोष्टिक आहार, सकारात्मक सोच, सबैको शुभेच्छाले आफू कोरोना मुक्त हुन सफल भएको अनुभव गरेको विष्टले सुनाए ।
‘यस्तो समयमा शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि मान्छे कमजोर हुने रहेछ, उनले अनुभव सुनाए,’ तर, ‘हामीले जति सक्दो आफूलाई सकारात्मक राख्ने, घर भित्र हुँदा पनि व्यस्त रहने , पढ्ने, फिल्म हेर्ने, लगायत आफ्ना रुचीका काम गर्ने, नियमित व्यायम र खानपानमा ध्यान दिदा निको हुने रहेछ । यस्तो बेलामा परिवार, साथीभाई, शुभेच्छुकहरुको हौसलाले पनि मानसिक रुपमा बलियो बनाउन मद्दत गर्यो ।’

आयशा र दीपकको जोडीले कोरोना संक्रमणका कारण सरकारले चैत ११ मा लकडाउन गरेपछि आर्थिक संकटमा परेका भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त गरि झन्डै २ सयलाई मानव सेवा आश्रमको भक्तपुर कौशलटारस्थित प्रदेश ३ को कार्यलयसँगको सहकार्यमा खाना खुवाएका थिए ।
त्यसअघि उनीहरुले कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई र अनाथ ५५ बालबालिकाले आश्रय लिइरहेका बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका थिए ।
आठौं देखि ११ औं सागसम्म लगातार तेक्वान्दोमा स्वर्ण जित्ने र एसियाली खेलकुदमा दुई कास्य पदक जित्ने दीपक एक्लो नेपाली खेलाडी हुन् । उनले छनोट चरण पार्दै गर्दै २००८ को ओलम्पिक खेलेका थिए । दीपक अघि तेक्वान्दोकै संगिना वैद्यले छनोट चरण पार गरेर २००४ मा एथेन्स ओलम्पिक खेलेकी थिइन् । १३ औं सागमा संगिना र दीपक दुवै राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]