5 years ago
January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन खेलाडी उत्पादनका लागि काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) स्थापना भएको छ । सन् २०२१ को पहिलो दिन शुक्रबार आयोजित कार्यक्रममा केबिए स्थापनाको घोषणा गरिएको हो ।

राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहेकी रीता अधिकारी विष्टको अध्यक्षतामा केबिए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् । त्यस्तै २०३७, ०३९ र ०४० सालकी राष्ट्रिय च्याम्पियन शान्ति मानन्धर केबिएको संस्थापक सदस्य रहेकी छिन् । उनले पनि प्रशिक्षकको रुपमा केविएमा काम गर्ने बताइएको छ ।
केबिएको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत थापाले रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थिए ।
केबिएको परिकल्पना गरेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्ने बताइएको छ । एकेडेमीका उपाध्यक्ष रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ छन् ।
केबिएले ट्रेनिङ हलको लागि बुल्स इन्डोर स्पोर्ट्स हल, नक्खुसँग सहकार्य गर्दै दुई वर्षे सम्झौता गरेको छ । सम्झौता–पत्रमा केबिएका थापा र बुल्स इन्डोर स्पोर्टस्हलका सिओओ करण पुनले हस्ताक्षर गरे । केबिएमा खेलाडीलाई ट्रेनिङ र प्रतियोगितामा बढीभन्दा बढी अवसर दिने विश्वासकासाथ स्थापना गरिएको बताइएको छ ।
केबिएका सचिव थापाले भने,’मुख्यतः व्यावसायिक खेलाडी उत्पादनमा केन्द्रित हुनेछौं, जसको लागि खेलाडीलाई शिक्षा, सुरक्षा, मनोरञ्जन र सहभागितामा जोड दिन्छौं, जुन हाम्रो एकेडेमीमा आउने सबै खेलाडीकै स्तरोन्नतिको लागि हुनेछ ।’
केबिएको मुख्य प्रशिक्षकका रुपमा बालकृष्ण थापा रहेका छन् । त्यस्तै अर्को प्रशिक्षक पुरुषोत्तम ढकाल छन् । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापाले ओलम्पिक सोलिडारिकी कोर्स गरेका छन् । थापा २ दशकदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् । त्यस्तै पूर्व राष्ट्रिय खेलाडी बिडब्लुएफ लेवल १ गरेका प्रशिक्षक हुन् । उनी एक दशकदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, केबिएकी अध्यक्ष विष्ट र सचिव थापाले केबिएको टिसर्ट सार्वजनिक गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]