5 years ago
January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दोर्की राजु क्षेत्रीलाई त्यहाँको न्याय मन्त्रालयले सम्मान गरेको छ ।

अपराध रोकथाम र स्थानीय समूहदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो । न्याय मन्त्रालयबाट सम्मानित हुने क्षेत्री पहिलो नेपाली भएको बताइएको छ ।
मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यको अपेक्षा गरेको जनाएको छ । क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु नेपालका लागि गौरवको विषय भएको बताएका छन्।
क्षेत्री एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष हुन् । उनी कोरियामा बसेर नेपाली तेक्वान्दो विकासमा सहयोग पुर्याउने व्यक्तिका रुपमा परिचित छन् । तेक्वान्दोका छैटौं डान ब्याल्क बेल्ट पूर्व खेलाडी क्षेत्री प्रशिक्षक र रेफ्री पनि हुन् ।
दुई वर्षअघि क्षेत्री कोरियाको पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो । त्यसअघि सन् २०१३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।
२०१४ मा इन्चोनमा आयोजित १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए। क्षेत्रीले २००५ मा अमेरिकाको टेक्ससमा आयोजित इन्टरनेसनल च्याम्पिएनसिपमा कास्य पदक र २००८ मा कोरिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
२००७, २०११ र २०१२ मा कोरियामा आयोजित विश्व तेक्वान्दो हानमाडाङ प्रतियोगिता, २००६ मा आयोजित पहिलो विश्व तेक्वान्दो पुम्से प्रतियोगिता, दोस्रो कोरियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र २००९ मा आयोजित पाँचौं खुल्ला तेक्वान्दो प्रतियोगितामा क्षेत्रीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
नेपालको महाभुकम्प र खाङवन्दो क्षेत्रमा भिषण आगलागीबाट पिडितलाई आर्थिक संकलन जुटाएर क्षेत्रीले राहत र आर्थिक सहयोग गरेका थिए । उनलाई विदेशमा रहेर नेपाली खेलकुद विकासमा योगदान पुर्याएकोमा केहि वर्ष अघि राष्ट्रिय खेलकुद परिषद्ले पनि सम्मान गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]