default_image

5 years ago

January 9, 2021

पोखरामा तेक्वान्दो संघको सधारण सभा

191 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन्।


नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा शनिबार राखेप सदस्य सचिव सिलवालले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको जनाउँदै भने, ‘खेलकुद विकास लाई गति दिने हो भने कोही कसै सँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन ।’

नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै राखेप सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारी पूर्वक अघि वढ्न आग्रह गरे । उनले तेक्वान्दोले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साख लाई जोगाई राख्न जुनियर लेभलवाट नै र्याङकिङ प्रतियोगिता आयोजना गर्न सुझाए ।


कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथि उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुचारु गर्न आग्रह गर्दै सदस्य सचिव सिलवालले अब नतिजा परिणाममुखी खेलहरुको वर्गिकरणका लागि राखेपले काम सुरु गर्ने बताए ।

अर्को एक प्रसंगमा सिलवाबले भविष्यमा निर्माण हुने खेलकुद पूर्वाधारहरु निजी क्षेत्रको सहभागि गराइने बताए । साधारण सभामा नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवंम् नेपाल ह्यान्ड बल संघका अध्यक्ष तेज गुरुङले स्थानियस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राख्दै राष्ट्रले खेलकुदबाट चाहेको आकाक्षा पूरा गर्न खेलकुद रंगशालामा मात्रै नभई घर–घरमा पुग्न आवश्यक रहेको बताए ।

तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि वढ्ने धारणा राख्दै दोलखाको शैलुङमा हाइ अल्टिच्युड तेक्वान्दो एकेडेमीको निर्माणको कामलाई अघि वढाउने जानकारी दिए ।

तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भोज बहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगाएतले तेक्वान्दोका बारेमा धारणा राखेका थिए । सो अवसरमा तेक्वान्दो संघले राखेपमा पुनः सदस्य सचिव नियुक्त भएका सिलवाल, राखेप सदस्यत्रय सम्पन्न श्रेष्ठ,सुवास श्रेष्ठ, सदस्य नन्दा वस्याललाई सम्मान गरेको थियो ।

तेक्वान्दो संघलाई १६ लाख रुपैयाँ भन्दा वढी सहयोग गर्ने सुमेरु गु्रपका अध्यक्ष भरत मर्हजन सोही अवसरमा सम्मान गरिएको थियो । संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी शुसिल पाण्डे र समाजसेवी नेहा पोख्रेललाई समान १५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

सञ्चारकर्मी पाण्डेले कोभिड–१९ कहरका विचमा समाजमा उल्लेख्निय योगदान पुर्याएका थिए भने समाजसेवी पोख्रेलले सडक बालबालिका मनरोगी महिलाहरुको उद्धारको क्षेत्रमा उल्लेख्निय योगदान दिएकी छन्।

साधारण सभामा संघका महासचिव गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कासिम मिया धावीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न भएको हो । साधारण सभामा गण्डकी प्रदेशका महासचिवले रमेश पौडेलले प्रदेशका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.