default_image

5 years ago

March 18, 2021

कुँवर र बस्याल राखेप कार्यकारी समितिमा मनोनित

367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यद्वय एकेन्द्र बहादुर कुँवर र नन्दा बस्याल राखेपको कार्यकारी समितिमा मनोनित भएका छन् । मन्त्री स्तरीय निर्णय अनुसार अछामका कुँवर र सुर्खेतकी बस्याल मनोनित भएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार ७ सदस्यीय राखेप कार्यकारी समिति रहने व्यवस्था छ । राखेपका सदस्य सचिव संयोजक रहने समितिमा २ पदेन सदस्य रहने प्रावधान छ । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले बुधबार उनीहरुलाई समितिमा मनोनयन गरेको मन्त्रालयले उपलब्ध गराएको पत्रमा उल्लेख छ ।

कुँवर सुदूरपश्चिम र बस्याल कर्णाली प्रदेशतर्फबाट बोर्ड सदस्यमा नियुक्त भएका थिए । सुर्खेतमा रहेकी बस्यालले मन्त्रालयबाट फोनमार्फत कार्यकारी समितिको सदस्यमा मनोनित भएको जानकारी पाएको बताइन् । कार्यकारी समितिमा रिक्त २ सदस्य राखेप बोर्डले मनोनयन गर्नेछ । जसमा एक महिला र एक पुरुष रहनेछन् । खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख र राखेप प्रशासन विभावका प्रमुख समितिमा पदेन सचिव रहने व्यवस्था छ ।

ऐन अनुसार कार्यकारी समिति ७ सदस्यीय हुने उल्लेख छ । सदस्य सचिव संयोजकत्वको समितिमा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख पदेन सदस्य र राखेपको प्रशासन विभाग प्रमुख पदेन सचिव रहने व्यवस्था छ । असार १८ गते कार्यान्वयनमा आएको खेलकुद ऐनबाट राखेप बोर्ड गठन भएपनि अहिले सम्म बैठक भने बस्न सकेको छैन ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.