5 years ago
April 17, 2021
हिमाल खरेल,बिर्तामोड
गएको एक वर्ष कोरोना भाइरसका कारण ठप्प बनेको खेलकुद क्षेत्र यो सालमा जुर्मुराउन थालेको छ । यसैको संकेत हो झापाको बिर्तामोडमा हुन लागेको ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ ।

सातवटा प्रदेश, तीनवटा विभागीय टिम र आयोजक गरी ११ टिमले सहभागिता जनाउने प्रतियोगिता बैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।
खेल संयोजक दिपेन धिमालका अनुसार तौल समूहका आधारमा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीसहित १ सय ५० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ बिर्तामोडस्थित मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको वीरता जेसीजका महासचिव एलसी श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताका लागि १९ लाख २५ हजार रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका विजेता टोलीले मेडल, ट्रफी, मायाको चिनो तथा प्रमाणपत्रसहित एक लाख रुपैयाँ पाउने छन् ।
राष्ट्रियस्तरका प्रतियोगितामा तेक्वान्दोले प्रवेश पाए पनि अन्तर्राष्ट्रिय खेलमा औपचारिक प्रवेश भने आठौँ दक्षिण एसियाली खेलकुद (साग) बाट पाएको थियो । १९९९ को सेप्टेम्भर २५ देखि अक्टुबर ४ सम्म काठमाडौँमा भएको प्रतियोगितामा नेपालले ३१ स्वर्ण जित्दा १४ वटा स्वर्ण तेक्वान्दोले ल्याएको थियो । त्यस्तै, २ रजत पदक जितेको थियो ।
सन् २००४ मा पाकिस्तानमा भएको नवौँ सागमा तेक्वान्दोले ६ स्वर्ण, २ कास्य, सन् २००६ मा श्रीलंकामा भएको १० औँ सागमा २ स्वर्ण, ३ रजत र एक कास्य, सने २०१० मा बंगलादेशमा भएको ११ औँ सागमा २ स्वर्ण, २ रजत र २ कास्य जित्न सफल भएको थियो ।
सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा तेक्वान्दोले ७ रजत र ३ कास्य तथा २० वर्षपछि पुनः नेपालमा भएको १३ औँ सागमा १२ स्वर्ण, ६ रजत र १० कास्य (ग्योरिगी र पुम्से दुवै गरी) जितेको थियो ।
तेक्वान्दो खेल प्रति खेलाडीको उत्साह बढ्दै गएपछि झापामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोजिता गर्न लागिएको हो । कोरोनाको संक्रमण बढ्दै गएमा प्रतियोगिताको तालिका हेरफेर हुन सक्ने आयोजकले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]