default_image

3 years ago

April 29, 2021

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यसै महिना तय भएको पाँचौ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै कास्की जिल्ला कार्यालयले १५ देखि २१ बैशाखसम्म निषेधाज्ञा लगाएपछि मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले अवार्ड स्थगित गर्न परेको विज्ञप्तिमार्फत जनाएको छ […]

83 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यसै महिना तय भएको पाँचौ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगित भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै कास्की जिल्ला कार्यालयले १५ देखि २१ बैशाखसम्म निषेधाज्ञा लगाएपछि मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले अवार्ड स्थगित गर्न परेको विज्ञप्तिमार्फत जनाएको छ । अवार्ड कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवसको दिन अर्थात २० बैशाखमा आयोजना हुने तालिका रहेको थियो ।

मञ्चले विगतका चार वर्ष अवार्ड आयोजना गर्दा गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो । मञ्चले अघिल्लो वर्षको स्थगित अवार्डलाई समेट्दै यो वर्ष २०७६–७७ दुबैलाई एकैपटक गर्ने योजना बनाएको थियो । मञ्चले अवार्ड वितरण तयारीलाई अन्तिम चरणमा पु¥याइसकेको थियो ।

विगतमा झै लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिने गरी उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरी अन्तिम तयारीमा जुटिरहँदा कोभिड–१९ को चेन ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले एक साता निषेधाज्ञा जारी गरेपछि अवार्ड समारोह तत्कालका लागि आयोजना गर्न परिस्थिति नभएपछि मञ्चको आकास्मिक बैठकले उपयुुक्त समय मिलाएर पछि वितरण गरिने जनाएको छ ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.