4 years ago
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दोका राष्ट्रिय खेलाडीलाई खाद्यान्न र नगद सहयोग गरिएको छ । कोडिभको दोस्रो लहरका कारण खेलाडी आफ्ना खेलाडी कठिनाईमा परेकाले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा कमिटि आफ्ना खेलाडी सहयोग गरिएको बताएको छ ।

निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेकाले आफ्ना खेलाडी बुधबार दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई समान ५ हजार रुपैयाँसहित २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ के.जी दाल घर घरमै पुराएर सहयोग गरेको कमिटीले जनाएको छ ।

खेलाडीलाई खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो । पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट ४० हजार रुपैयाँ सहयोग गरेका थिए । पारा कमिटिका सचिव समेत रहेका ओलम्पियन दीपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३ औं सागमा दोहोरो स्वर्ण पदक विजेता कराते खेलाडी मण्डेकाजी श्रेष्ठ खेलाडकिो घर पुगेर सहयोग उपलब्ध गराएका थिए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]