default_image

3 years ago

July 5, 2021

तामाङको सम्झनामा श्रद्धाञ्जली सभा

पोखरा (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङको ४९ औं दिनको पुण्यतिथीमा पोखरामा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद […]

48 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङको ४९ औं दिनको पुण्यतिथीमा पोखरामा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, अग्रज पत्रकार नारायण कार्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लवका संस्थापक अध्यक्ष बसन्त थकाली, सल्लाहकार सुनिल गुरुङ लगायतले खेलाडी तामाङले खेलकुदमा पुर्याएको योगदानको चर्चा गरे । उनको तष्विरमा पुष्पा गुच्छा अपर्ण गरेका थिए । सभाको अध्यक्षता सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले गरेका थिए ।


सहारा क्लबले सञ्चालन गरेको एकेडेमीका पहिलो प्रशिक्षक तामाङले फ्रेन्डस, आरसिटी, जनकपुर चुरोट कारखानाको टोलीबाट फुटबल खेलेका थिए । पोखरा संगम टोल निवासी ४६ बर्षीय तामाङ को निधनले सहारा क्लबलाई समेत ठुलो क्षेति पुगेको क्लवले जनाएको छ । एएफसी लाईसेन्सको प्रमाणपत्र लिन स्वदेश आएका तामाङको कोरोनाको कारण निधन भएको थियो ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.