default_image

4 years ago

July 18, 2021

इमाइलका ५ खेलाडीलाई पुम्सेमा स्वर्ण

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको दिल्लीमा भएको तेस्रो एमके क्लासिक अनलाइन अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमामा इमाइल तेक्वान्दो डोजाङका ५ खेलाडीले स्वर्णपदक जितेका छन् ।

शुक्रबार देखि आइतबार सम्म भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा विशेषता रञ्जित र सुनिता बुढाथोकीले महिला यू ७ पुम्सेमा स्वर्ण पदक जितेका छन् । त्यस्तै पुरुष १० वर्ष मुनिको प्रतिस्पर्धामा एड्रिम राईले पहिलो स्थान प्राप्त गरेको इमाइलका प्रशिक्षक विश्वराज राईले जानकारी दिए । त्यस्तै पुरुषतर्फकै ९ वर्ष मुनिमा कर्मा तामाङ र सोहि उमेर समूहकोमहिलातर्फ मेनुका राईले स्वर्ण पदक जितेका छन् ।

पुरुष ९ वर्ष मुनिमा आराध्य देव र महिलातर्फ सम्झना अछामीले रजत पदक जिते । त्यस्तै यू १३ ब्ल्याक बेल्ट पुम्सेमा स्वरुप बुयाङ राईले कास्य पदक प्राप्तका छन् । प्रशिक्षक राईले च्याम्पियनसिपमा रेफ्रीको भूमिका समेत निर्वाह गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.