4 years ago
July 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा कराते समावेश हुँदा नेपाली खेलाडीले त्यसमा भाग लिन नपाउँदा निराशा हुनु स्वभाविक भएपनि आउने प्रतियोगिताका लागि तयार रहनुपर्ने प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन् ।

कराते पहिलो पटक टोकियो ओलम्पिकमा समावेश गरिएको थियो । सोही ओलम्पिकलाई लक्षित गर्दै २ खेलाडीलाई आन्तरिक तयारीमा राखिएको पनि थियो । तर, कोरोना महामारी र अन्य कारणले दुई महत्वपूर्ण प्रतियोगिता छुट्नु र वाइल्ड कार्डको सम्भावना पनि कमजोर भएका कारण यसपटक नेपाली खेलाडीको सहभागिता हुन नसकेको दक्षिण एसियाली खेलकुद (साग) को आठौं र नवौं सागका स्वर्ण पदक विजेता समेत रहेका श्रेष्ठले मंगलबार विज्ञप्तीमार्फत जनाएका छन् ।
‘ओलम्पिकमा पहिलो पटक कराते खेललाई समावेश गराउँदा विश्वभरका कराते खेलाडी , त्यससँग सम्बन्धित प्रशिक्षकलगायत सबै अन्यन्तै खुसी भएका थियौं । स्वभाविक रुपमा नेपालको सफल खेल मध्येको एक कराते भएकाले टोकियो ओलम्पिकमा भाग लिन पाउने आशा खेलाडी र प्रशिक्षकमा हुनु स्वभाविक हुन आउँछ , अगाडि भनिएको छ, त्यहि अनुसार तयारी पनि अघि बढेकै थियो । तर, समय बित्दै जाँदा कोरोना महामारीका कारण टोकियो ओलम्पिक नै एक वर्ष सरेर अहिले आयोजना हुन लागेको हामी सबैलाई जानकारी नै छ ।’
करातेले २ खेलाडी १३ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र नवीन रसाइली लाई ओलम्पिकलाई नै लक्षित गरेर प्रशिक्षणमा राखेको थियो । टोलीको प्रशिक्षकका रुपमा श्रेष्ठ थिए । यसै वर्ष आयोजना भएको करातेको प्रिमियर लिग र ओलम्पिक छनोटमा नेपाली खेलाडीले बीचमा कारोना र अन्य प्राविधिक कारण भाग लिन पाएनन् ।

‘पोर्चुगलमा अप्रिल ३० देखि २ मे करातेको प्रिमियर लिग थियो । समयमा भिसा नआइपुगेका कारण हाम्रा खेलाडीले त्यो मौका गुमाउनुपर्यो । वरियता प्राप्त हुने त्यो प्रतियोगिता गुमाउँदा हाम्रा खेलाडीले आफ्नो वरियतामा सुधार गर्ने अवसरबाट बञ्चित हुनुपर्यो,’ विज्ञप्तीमा भनिएको छ,‘ त्यस्तै फ्रान्समा ओलम्पिक छनोट खेल ११ देखि १३ जुनमा भएको थियो । कोरोना र अन्य कारणले त्यो प्रतियोगितामा पनि नेपाली खेलाडीले भाग लिन पाएनन् । यस्तै कारणले पहिलो पटक समावेश करातेमा हाम्रो सहभागिता कमजोर बन्दै गइरहेको थियो ।’
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि वाइल्ड कार्डका लागि प्रयास गरेको श्रेष्ठले स्मरण गरेका छन् । साउन ८ देखि २४ गते सम्म हुने टोकियो ओलम्पिकमा समावेश करातेमा विश्वभरका ६ तौल र काताका २ गरि ८० (पुरुष ४० र महिला ४०) खेलाडी मात्र समावेश गराउने निर्णय भएको श्रेष्ठले जानकारी दिएका छन् ।
कुल ८० मध्ये ३२ खेलाडी वरियताका आधार र आयोजक राष्ट्रले ८ खेलाडी गरि ४० खेलाडी विश्व कराते महासंघले छनोट गरेको बताइएको छ । हरेक तौल समूहका ३ हाइ पोजिसन खेलाडी गरि २४ फ्रान्समा प्रतियोगिताबाट ओलम्पिकका लागि छनोट भएका थिए । १२ खेलाडी विभिन्न महादेशबाट छनोट भएका थिए । बाँकी ४ खेलाडीलाई अन्तर्राष्ट्रिय महासंघले वाइल्ड कार्डको व्यवस्था गरिएको थियो । जसमध्ये एसियाली राष्ट्र कुवेत लाई एउटा वाइल्ड कार्ड प्राप्त भयो । बाँकी ३ सवै युरोपियन राष्ट्रका खेलाडीले पाएपछि नेपाललगायतका अन्य देशका खेलाडीले ओलम्पिकमा खेल्ने अवसर जुट्न सकेन ।

सबै प्रयासका वावजुद सहभागिता निश्चित नहुदाँ त्यसले कराते परिवार निराशा छाएको भएपनि आउने दिनमा हुने चीनमा मा अर्को वर्ष हुने १९ औं एसियाली खेलकुद , पाकिस्तानमा सन् २०२३ मा हुने १४ औं साग र अर्को ओलम्पिकका लागि तयारी अवस्थामा रहनुपर्नेमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले जोड दिएका छन् ।
टोकियो ओलम्पिकमा ४ खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १३ औं सागकी कीर्तिमानी ४ स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंहसहित सोही खेलका एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीले देशको प्रतिधित्व गर्दैछन् । गौरिका, एलेक्स र सरस्वती युनिभर्सियालिटी प्लेसका आधारमा तथा कल्पना र सोनिया वाइल्ड कार्डका आधारमा ओलम्पिकमा सहभागी हुँदैछन् ।सरस्वती बाहेक अन्य खेलाडी जापान पुगिसकेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]