default_image

4 years ago

August 18, 2021

आठौं सागका स्वर्ण पदक विजेता राईको निधन

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कराते खेलाडी कृष्णबहादुर राईको बुधबार निधन भएको छ ।

कोभिड संक्रमण भएपछि साउन २९ गते पुलिस अस्पतालमा भर्ना गरिएका राईको बुधबार दिउँसो १२ः१५ बजे मृत्यु भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । सिन्धुलीको बोलञ्जोर गाँउपालिका ७ खुर्कोटका राईले सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागको कराते टिम कातामा स्वर्ण पदक जितेका थिए ।

त्यसअघि राई नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा करातेको एकल कातामा स्वर्ण पदक जितेका थिए । गझन्डै २ दशक प्रहरी सेवामा रहेका राईले २०६० प्रहरी सेवा छाडेका थिए । राईकी श्रीमती र एक छोरा छन् । खेलाडी संघले राईलाई श्रद्धाञ्जलीका साथ शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.