default_image

4 years ago

September 2, 2021

कार्यदलले राखेपलाई प्रतिवेदन बुझायो

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वामित्वमा देशभर रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गनै झन्डै ६ महिना अघि भौतिक पूर्वाधार व्यवस्थान सम्बन्धी कार्यदल गठन गरेको थियो ।

राखेपकी सदस्य सुवर्णकेशरी श्रेष्ठको संयोजकत्वमा रहेको ७ सदस्यीय टोलीले प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदनलाई श्रेष्ले बिहीबार राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई हस्तान्तरण गरिन् । चैत २३ गते कार्यदल गठन गरेको थियो ।

कार्यदलको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका हिमालराज दाहाल, युवा तथा खेलकुद मन्त्रालयकी रेखा सिग्देल, भौतिक पूर्वाधार तथा निर्माण शाखाका राजु श्रेष्ठ, सामान्य प्रशासन शाखाकी सारदा दाहाल र आर्थिक प्रशासन शाखाका टंकराज कट्टेल रहेका छन् । सचिवमा प्रशासन विभागका भोजानन्द राई छन् ।

संयोजक श्रेष्ठले राखेप मातहतका सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन गर्न सके वार्षिक कम्तीमा १० करोड रुपैयाँ आम्दानी गर्न सकिने निस्कर्षसहितको प्रतिवेदन बुझाएको जानकारी गराउदै प्रतिवेदन कार्यन्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् ।

संयोजक श्रेष्ठले कतिपय स्थानमा कार्यदलले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउदै कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण विवरण संकलन गर्न ढिला भएको जानकारी गराइन् ।
सदस्य–सचिव सिलवालले परिषद् मातहतका सम्पत्तिको यथार्थ अवस्था बुझ्न प्रतिवेदनले ठूलो मद्दत पुग्ने बताउदै प्रतिवेदन पूर्ण रुपमा अध्ययन गरी कार्यन्वयनतर्फ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.