4 years ago
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेल द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटीले मंगलबार खेल तालिका सार्वजनिक गरेको छ ।

लिग स्वास्थ्य मापदण्ड अपनाई पोखराको बहुउद्देशीय कभर्डहलमा असोज २ देखि २२ गते सम्म आयोजना हुनेछ । प्रतियोगिताको दिनै स्पोर्टस कासल पोखरा र प्रभातफेरि युथ क्लबबीच हुनेछ । २० दिन चल्ने लिगमा कुल ४९ खेल हुनेछन् । सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
जेठ १ देखि २२ जेठसम्म हुनुपर्ने फुटसल लिग कोरोना भाइरसको दास्रो लहरका कारण स्थगित भएको थियो । लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला-पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।

फुटसल लिगको व्यवस्थापनको रुपमा टर्नपाइक इभेन्ट प्रालि रहेको छ । लिगको कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ । लिगका लागि एन्फाले गत वर्षको चैतदेखि गत ५ बैशाखसम्म सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमुल फुटसद प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स् फुटसल काठमाडौं छनोट भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल प्रालि, सविन मेमोरियल फुटसल क्लब प्रालि पोखरा र लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् ।

लिगबाट एशियाली फुटबल महासंघ (एएफसी) द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ । एन्फाले एन्फा फुटसल कमिटिको सिफारिसमा गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
यसअघि विष्णु गुरुङ फुटसल टोलीको मुख्य प्रशिक्षक रहेका थिए । त्यति बेला बस्नेत सहायक प्रशिक्षकको रुपमा रहेका थिए । उनले एएफसी र एन्फाको ‘ए’ लाइसेन्स कोर्स पुरा गरेका छन् । नेपालले २०२२ को एएफसी फुटसल एसियन कप क्वालिफायर खेल्दैछ । सोही छनोट खेलबाट नै बस्नतेले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]