default_image

4 years ago

September 8, 2021

आयशालाई दुई स्वर्ण

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले डेजो एम्बिसी सिप सेचो इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी छिन् ।

त्रिभुवन आर्मी क्लबकी खेलाडी समेत रहेकी आयशाले पुम्से ए लिग महिला सिनियर ४० वर्ष मुनिको समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले पुम्से ए लिग सिनियर जोडी ४० वर्ष मुनिमा मा रेजिन रिमालसँग मिलेर स्वर्ण जितेकी थिइन् । आर्मीकै रेजिनले व्यक्तिगत पुम्से ए लिग ४० वर्ष मुनिमा भने रजत पदक जितेका छन् ।

त्यस्तै आर्मीका सन्जिला तिमल्सिना, कृष्णबहादुर तामाङ, दीपेन्द्र गुरुङ र नीता गुरुङले पदक जितेका छन् । सन्जिला र कृष्णको जोडीले पुस्मे ए लिग जोडी ३० वर्ष मुनिमा रजत पदक जितको छ । त्यस्तै सोही उमेर समूहमा निता र दीपेन्द्रको जोडीले कास्य पदक जितेको छ ।

त्यस्तै नेपाल पुलिस क्लबका जितबहाुदर बोटे, प्रेम बहादुर लिम्बु, अम्सिता राउत सम्मिलित टोलीले पुस्मे ए लिग सिनियरतर्फ रजत पदक जितेको छ । त्यस्तै पुलिसका अन्जिन चौधरी, सुरेन्द्रबहादुर, जगदिश सिंह पाल, लक्ष्मणबहादुर ऐर र सिता तामाङले पदक जितेका छन् ।
लक्ष्मणले पुम्से बी लिगमा रजत पदक जितेका छन् ।

पुम्से बी लिग अन्जिलेले कास्य पदक जितिन् । त्यस्तै सुरेन्द्रले पुम्से बीको ३० वर्ष मुनी कास्य, जगदिशले पुम्से बी लिगमा कास्य र सिताले पुम्से बीको ३० वर्ष मुनी कास्य पदक जितेकी छन् । त्यस्तै पुलिसका ७ खेलाडी सम्मलित टोलीले तेक्वान्दो एरोबिकमा कास्य पदक जितेको छ । टोलीमा सिता तामा, जितबहादुर बोट, कन्चन थापा, गोविन्दबहादुर आले, निशा दर्नाल, अस्मिन राउत, प्रदीप चौधरी छन् ।

च्याम्पियनसिपको ए लिगमा राष्ट्रिय टोलीका खेलाडीले मात्र भाग लिन पाउने प्रावधान थियो । त्यस्तै बि लिगमा भने कुनै पनि खेलाडीले भाग लिन सक्ने व्यवस्था रहेको आयशाले जानकारी दिइन् । हालै सम्पन्न च्याम्पियनसिपमा कोरियाको सोचेनमा भएको थियो । नेपाली खेलाडीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.