default_image

4 years ago

September 18, 2021

स्पोर्टस क्यासल र द राइजिङको विजयी सुरुवात

209 views

0 Bookmark


विजय नेपाली, पोखरा

राष्ट्रिय ए डिभिजन फुुटसल लिग प्रतियोगिताको पहिलो दिन शनिबार घरेलु टोली स्पोर्टस क्यासल र द राइजिङ क्लब धरान क्लब विजयी भएका छन् ।

पोखरा रंगशालामा स्पोर्टस क्यासलले काठमाण्डौंको प्रभातफेरी युथ क्लबलाई ७–० ले हराएको थियो । टोलीको जितमा सुमित श्रेष्ठ, खिमराज गुरुङले समान २, विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले गोल गरे । खेलको सुरुवात देखिनै प्रभातफेरीमाथि हाबि भएको स्पोटर्स क्यासलले ३ मिनेटमै सुमितको गोल गर्दै अग्रता लियो । दिपेशको पासमा सुमितले गोल गरे ।

छैटौं मिनेटमा खिमराज गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको १ मिनेट बित्न नपाउँदै विजयले गोल गरे । किशोरको पासमा विजयले गोल गरेका हुन् । खिमले २१ औं र सुमितले २४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल । २५ औं मिनेटमा दिपेशले गोल थपे । किशोरले ३४ औं मिनेटमा गोल गरे ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा धरानको द राइजिङ क्लबले स्काई गोल्स काठमाडौंलाई ५–४ झिनो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । राइजिङको जितमा रेवोस मास्केले २ तथा मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले समान १ गोल गरे ।
स्काई गोल्सका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक तथा आशिष सुनामले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । २ गोल गरेका दि राइजिङ क्लबका रेवोस खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । १३ औं मिनेटमा स्काइ गोलका श्रीकृष्णले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

धरानले २१ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । १ मिनेटपनि वित्न नपाउँदै धरानले लगातार दुई गोल गर्दै अग्रता तेब्बर पार्ने काम गरे । खेलको २२ औं मिनेटमा मिलन लिम्बु र सुदिप गुरुङले गोल गरे । रिवोस मास्केले खेलको २५ र ३२ औं मिनेटमा गोल गरे । स्काइ गोलका श्रीकृष्णले ३० र ३५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । धरानका विकु तामाङले आत्मघाती गोल गरे ।

१० टोलीको रहेको लिगको विजेताले १०, दोस्रो हुने टोलीले ५ लाख रुपैँया प्राप्त गर्छन् ।सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५ हजार रुपंैँया प्राप्त गर्नेछन् । असोज २२ गतेसम्म हुने प्रतियोगिताको टिकट दर भने २ सय रुपैँया रहेको लिग संयोजक विनोद गुरुङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आइतबार३ खेल हुनेछ । लिग अन्तरगत आज दोस्रो दिन रुपेन्देहीका २ टिम आम्नेसाम्ने हुदैँछन् । पहिलो खेल लुम्बिनी फुटसल र झरना स्पोटर्स क्लब बिच हुदैँछ । यस्तै दोस्रो खेल फुटसल ५ धरान र शंखमुल फुटसल बिच हुदैँछ भने अन्तिम खेल ढुकु फुटसल हव काठमाण्डौँ र सविन मेमोरियल पोखरा बिच हुदैँछ ।

सविन मेमोरियले अन्तिम खेलाडीको नामावली सार्वजानिक
राष्ट्रिय ए डिभिजन फुटसल लिग तयारीमा रहेको पोखराको सविन मेमोरियल क्लबले खेलाडीको अन्तिम नामावली सार्वजानिक गरेको छ ।
टिमको कप्तानी फुटसल राष्ट्रिय खेलाडी समेत रहेका अनुप रानाले सम्हालेका छन् । गोलकिपरमा सुनिल नेपाली, रोमन थापा मगर छन् । यस्तै आला अर्थात विंगरमा मनिस क्षेत्री,सरोज गुरुङ, विनम गुरुङ, एलन गुरुङ र वरदान ताङ्वे लामा रहेका छन् फिक्सो अर्थात डिफेन्डरमा सन्तोष खवास, संजय जलारी, मनिस सेदी छन् । यस्तै टिमको मुख्य प्रशिक्षकको जिम्मा फुटबल प्रशिक्षक राजेन्द्र तामाङले सम्हालेका छन् ।

पहिलो पटक फुटसल टिम सम्हालेका तामाङ्ले फुटबल र फुटसलमा धेरै अन्तर रहेको बताए । उनले नेपालमा खेलिने फुटसल भन्दापनि धेरै फरक रहेको र नियम पनि भिन्न रहेको बताए । ‘यो सबैको लागि नयाँ हो । हामीलाई त जुत्ताको समेत ज्ञान भएन । फुटसलका लागि अर्कै जुत्ता चाहिने रहेछ । गेडी जुत्ताको काम नरहेछ’ उनले भने, ‘खेलाडीले कडा मिहेनत गरिरहेका छन् । मैले टेक्निकल गेम सिकाउने काम मात्र गरे । नियम त बल्ल मैलेपनि बुझ्दै छु ।’

फुटसल नियम अनुसार हुन लागेको यो पहिलो पटक हो । नेपाल भर रहेका करिब साढे ३ सय फुटसल आर्टिफिसियल रहेका छन् । उक्त फुटसलहरुमा फुटबलमै राखिने आर्टिफिसियल घासँ राखिन्छ । तामाङका अनुसार नेपालमा स्थापना भएका फुटसलहरु मिनि फुटबल रहेको बताए । उनले जापानमा यहाँको फुटसलजस्तो एरिनामा गेडी बुट नै लगाएर खेलाउने गरेको बताए । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको राष्ट्रिय फुटसल लिग सबैका लागि नयाँ र नौलो रहेको छ । यस्लेपनि यो खेल निकै रोमाञ्चक हुने सबैको अनुमान गरिएको छ ।

सविन मेमोरियलले आइतबार फुटसल क्लब ढुकु हवसंग खेल्दै छ । ढुकु फुटसल हव भने विगत ८ वर्षदेखि नै फुटसलमा लागिरहेका कारण आफूहरुलाई केही दबाब सिर्जना हुने उनले बताए । ढुकु फुटसलका मुख्य प्रशिक्षक एवम् नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जनले फुटसल खेल चिनाउनका लागि आफूहरु आएको बताए । उनले प्रतियोगितामा फुटसल कसरी खेलिन्छ भन्ने फुटसल प्रेमीहरुलाई सिकाउन आफ्नो टिम आएको बताए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.