4 years ago
September 19, 2021
विजय नेपाली,पोखरा
ढुकु फुटसल हव काठमाडौं र लुम्बिनी फुटसल रुपेन्देहीले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा विजयी सुरुवात गरेका छन् । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा लुम्बिनी फुटसलले झरना स्पोर्ट्स क्लब रुपन्देहीमाथि ६–२ को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

लुम्बिनीको फराकिलो जितमा रुपेन बराइलीले दुई तथा अन्जन थापा, गेली शेर्पा, राफी महर्जन र रोजल दाहालले समान एक गोल गरे । झरनाका अमित गुरुङ र मोहन बहादुर थापा मगरले गोल फर्काए । लुम्बिनीका राफी महर्जन प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे ।
यस्तै अर्काे खेलमा ढुकु फुटसलले पोखराको सविन मेमोरियल फुटसल क्लब प्रालिमाथि ८–६ को प्रतिस्पर्धात्मक जित निकाल्यो । ढुकुको जितमा अभय राना, विक्रान्त नरसिंह राना र उर्केन शेर्पाले समान दुई गोल गर्दा अमित लामा र पेम्वा नोर्वु लामाले समान एक गोल गरे । सविन मेमोरियलका अभिनास तामाङ र मनिष क्षेत्रीले समान २ तथा सुनिल विके र सरोज गुरुङले समान एक गोल गरे । ढुकुका उर्केन शेर्पा प्लेयर अफ दि म्याच घोषित हुदै ५ हजार रुपैया हात पारे ।
दिनको दोस्रो खेलमा फुटसल फाइभ धरान र शंखमुल फुटसल काठमाडौंले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । फुटसल फाइभका विजय श्रेष्ठ, सरोज तामाङ र प्रवेश जोशीले गोल गरे । शंखमुलका सुसान श्रेष्ठ, क्रिजल खड्का र लक्ष्मण थापामगरले गोल गरे । शंखमुलका क्रिजल खड्का प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया हात पारे ।

लिगमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा प्रभातफेरी युथ क्लब र दि राइजिङ क्लब धरान तथा दोस्रो खेलमा स्काई गोल्स काठमाडौं र झरना स्पोर्ट्स क्लब रुपेन्देहीबीच प्रतिस्पर्धा हुनेछ । २२ असोजसम्म चल्ने लिगमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ ।
तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् । लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]