4 years ago
September 26, 2021
विजय नेपाली, पोखरा
राष्ट्रिय ए डिभिजन फुटसल लिगमा रेफ्रीको निर्णय प्रति क्लबको असन्तुष्टिबारे लिग कमिटिले छलफल गरेको छ । लिगमा सहभागी सबै टोलीका प्रतिनिधिको हस्ताक्षर सहितको विज्ञप्ती प्राप्त भएपछि शुक्रबार राती नै उक्त विषयप्रति अफिसियलसंग छलफल भएको बताइएको छ ।

आइतबार बिहान लिग कमिटी, अफिसिल र सहभागी १० टोलीका मुख्य प्रशिक्षकबीच भएको छलफलले नियम अनुसार खेलाउने र अब आउने दिनमा गम्भिर कमजोरी भए कारवाही गर्ने गरी सहमति भएको छ । शुक्रबारसम्म अफिसियलको टिम फुटसल कोर्टको उत्तरतर्फ बस्ने गरेपनि शनिवारदेखि भने दक्षिण तर्फ बसेका छन् ।
लिगको सुरु खेलदेखि नै क्लबहरु रेफ्रीप्रति रुष्ट रहँदै आएका थिए । सुरुवाती खेलहरुमा फुटसलको नियम र कोर्ट नै नयाँ भएकाले क्लबहरुले समेत केही बोलेनन् । तर, लिग सुरु भई थुप्रै खेल खेलाउँदा समेत अपरिपक्व निर्णय लिने गरेको क्लबहरुको आरोप रहेको छ । रेफ्रीको गलत निर्णयकै कारण आफ्ना खेलाडी घाइते हुदाँ समेत उल्टै बाहिरीन परेको क्लबहरुको गुनासो छ । पहिलो पटक म्याटमा खेलाइएका कारण खेलाडी घाइते हुनेको संख्या बढिरहेको छ ।
विवाद समाधानका लागि ज्ञापनपत्र प्राप्त हुनासाथ एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले खेल सकिए लगतै पहिलो चरणको छलफल सुरु गरेको बताए । ‘हामी पहिलो चरणको छलफलमा बसिसकेका छौँ । फुटबलबाट आएका रेफ्रीहरु हुन् । उनीहरुले फुटसल सम्बन्धि तालिम लिइसकेका छन् । नयाँ र पहिलो पटक भएकाले केहि कमजोरी भएकै हो’ उनले भने,‘यो सुधार हुँदै गइरहेको छ । पहिला सुरुवातीका खेलमा भन्दा हामी फरक देख्न पाउँछौँ ।’ गुरुङले क्लबहरुको गुनासोको मध्यनजर गर्दै दर्शकको दबाब भएको भन्दै अफिसियलको स्थान तथा खेलाडी बस्ने स्थान समेत परिवर्तन गरको सुनाए ।
खेल फुटबल जस्तो भएको बताउँदै यसलाई फुटसलकै नियम र वास्तविक फुटसल बनाउन समय लाग्ने बताए । उनले आफुहरुले फुटसलकै खेलाडी उत्पादन गर्न लागिपरेको सुनाए । उनले फुटबलका खेलाडीले नै फुटसल खेलिरहेपनि अब भने विशुद्ध फुटसल खेलाडी नै उत्पादन गर्ने लक्ष्य रहेको बताए । अब फुटसलले पनि आफ्नै खेलाडी र अफिसियल उत्पादन गर्ने उनको भनाइ छ ।
क्लबहरु लिगबाट भने खुसी रहेका छन् । फुटसलको महत्वलाई बुझेर एन्फाले लिग गर्नु सुखद भएको नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष तथा ढुकु फुटसल हबका प्रशिक्षक राज महर्जनले बताए । उनले आयोजक प्रति कुनै गुनासो नरहेको तर, रेफ्रीप्रति भने असन्तुष्टि रहेको बताए ।
द राइजिङ क्लब धरानका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको निर्णयका कारण खेलबाट आफुहरु जान चाहेको बताए सुरु खेल देखि नै जित हात पारेपनि रेफ्रीको निर्णयप्रति असन्तष्टि रहँदै आएका थिए । उनले लिगको सम्मानकै कारण विना विवादित रेफ्रीको निर्णय सच्याउनुपर्नेमा जोड दिए ।
शंखमुलको जित
लिग अन्तर्गत आइतबार २ खेल सम्पन्न भएको छ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली सविन मेमोरियलले द राइजिङ क्लब धरानसंग अंक बाडेको छ । खेल ५–५ बराबरीमा टुंगिएको थियो । ५ खेलबाट दुवै टोलीले समान १० अंक जोडेका छन् । गोलअन्तरमा सविन मेमोरियल तस्रो र राइजिङ चौथोमा छ ।

दोस्रो खेलमा भने शंखमुल फुटसलले ढुकु फुटसल हबलाई ६–२ ले हराएको छ । जितसंगै शंखमुल लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शंखमुलको कुल ५ खेलबाट ११ अंक छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]