4 years ago
October 2, 2021
भैरहवा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई अटेर गर्दै नेपाल तेक्वान्दो संघले निर्वाचन गरेको छ । तेक्वान्दोले निर्वाचन प्रक्रिया तथा चौथो महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि राखेपले असोज १२ गते सुचना जारी अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन तथा चौथो महाधिवेशन रोक्न निर्देशन दिएको थियो ।

संघको निर्णयानुसार गर्ने भनिएको निर्वाचन र चौथो महाधिवेशन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा संघको स्वीकृत विधान विपरित संघको राखेपको स्वीकृति नलिन कानून विपरित गरेको देख्न आएको भन्दै राखेपले प्रक्रिया रोक्न भनेको थियो । तर संघले त्यसको वेवास्था गर्दै शनिबार भैरहवामा निर्वाचन तथा महाधिवेशन गरेको छ ।
निर्वाचनले संघको अध्यक्षमा प्रकाश शम्शेर राणाले नै निरन्तरता दिएको छ । राणा सर्वसम्मत चुनिएका हुन् । २०७० सालदेखि नै राणाले संघलाई नेतृत्व दिदै आएका छन् । २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट राणा पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन भए ।
उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले नाम फिर्ता लिएपछि तीन उपाध्यक्ष निर्विरोध भएका हुन् । महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबीले निरन्तरता पाएका छन् । सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिस खड्का सर्वसम्मत चुनिए ।
चौथो अधिवेशनको उद्घाटन संघीय सांसद प्रमोद यादवले गरेका थिए । उनले तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएको बताउँदै राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी संघीय सांसद इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश शिवाकोटी, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।
उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्रबाट सम्मानित गरिएको थियो ।
अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने थियो । अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिए । उनले देशका विभिन्न पालिकाहरुमा तेक्वान्दो विकास समिति गठनको काम पनि निरन्तर रुपमा भइरहेको बताए ।
२०३९ सालमा नेपाल मार्सल आर्ट्स संघअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै संघका नाममा स्थापित भएको हो । लामो समय तदर्थ रुपमा सञ्चालन हुँदै आएको संघको २०६६ मा वीरगञ्जमा पहिलो पटक निर्वाचन भएको थियो । संघको २०७० मा दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।
तेक्वान्दो संघमा ५६ जना जिल्लाबाट प्रतिनिधि, ७ जना प्रदेशबाट, २२ जना कार्यसमितिका र १० जना मनोनित गरि ९५ जना मतदाता रहेका छन् । अन्य राष्ट्रिय संघहरुको पनि कार्यकाल सकिएपनि राखेपले स्वीकृति नदिएका कारण आवधिक निर्वाचन हुन सकेको छैन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]