4 years ago
October 4, 2021
विजय नेपाली, पोखरा
घरेलु टोली स्पोट्र्स क्यासल राष्ट्रिय ए डिभिजन फुटसल लिगको शिर्ष स्थान टोली हो । अंक अग्रता निकै फराकिलो भएकाले क्यासलले लिगको आफ्नो अन्तिम खेल हार्दा पनि त्यसले खासै फरक पर्ने अवस्था थिएन ।

त्यस्तोमा क्यासलका अन्तिम खेल मंगलबार द राइजिङ क्लब धरानसंग थियो । राइजिङ तालिकाको तेस्रो स्थानको टोली हो । क्यासललाई जितेको खण्डमा धरान दोस्रो स्थानमा उक्लिन्थ्यो । क्यासलले यस अघि लिग चरणको खेलमा शंखमुलसंग बराबरी खेल्नु बाहेक अन्य टोलीसँग जित हासिल गरेको थियो । त्यस्तोमा क्यासल राइजिङसंग ६–४ ले पराजित भयो । खेलमा क्यासलको आक्रमक शैली देखिएन । लिगमा अब्बल कहलिएको क्यासलको खेल सोचे जस्तो थिए ।
राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले क्यासललाई जित्न खेलाडीले खासै मिहेनत गर्न नपरेको बताए । उनले क्यासल तालिकाको शीर्ष स्थानमा रहेकाले हारेपनि कुनै असर नपर्ने भएको कारण खेल केहि सहज भएको बताए । ‘हामीले पनि धेरै दुख गर्न परेन । क्यासलले आफ्नो पहिलो सेटका मुख्य खेलाडीलाई जोगाउनमा लाग्यो । जसको फाइदा हामीलाई हुन पुग्यो ’ उनले भने,‘यो एडभान्टेज खेल थियो हाम्रो लागि । त्यहिको फाइदा उठायौँ ।’
तर, क्वालिफाइ खेलमा भने आजको जस्तो खेल नहुने उनले बताए । यदि हामी तालिकाको दोस्रो स्थानमा रह्यौ भने फाइनल प्रवेशका लागि क्यासलसंगै भिड्न पर्ने हुन्छ । तर, त्यो समयमा भने क्यासलको खेल निकै फरक हुनेछ ’उनले थपे।
उता क्यासलका प्रशिक्षक विष्णु गुरुङ पनि आफूहरुलाई हारेको खण्डमा फाइदा हुने स्विकारे । उनले फाइनल प्रवेशका लागि शंखमुलसंग भन्दा राइजिङसंग भिड्दा सजिलो हुने बताए । ‘हार व्यहोर्दा नरामाइलो त लाग्छ नै । मुख्यतयः मैले हाम्रा खेलाडी जोगाउने तरिकाले खेलाएको हुँ । हामी टपमा छौँ त्यसैले फाइनल प्रवेशको खेल हामीलाई गाह्रो हुनाले आज खेलाडी जोगाउनमा लागे ’ उनले भने ,‘अर्को हिसाबले हेर्दा हामीलाई शंखमुल भन्दा राइजिङनै सजिलो भने हो ।’
पोखरास्थित बहुउद्देश्यीय कभर्डबलमा सोमबार भएको खेलमा राइजिङको जितमा मिलन राईले दुई तथा सुदिप गुरुङ, रिवोस मास्के, विसन गुरुङ र विकु तामाङले समान एक गोल गरे । स्पोर्ट्स क्यासलका सुमित श्रेष्ठ, सुरेश बुढामगर, किशोर गुरुङ र दिपेश घलेले गोल गरेपनि हार टार्न सकेन ।

क्यासलको कुल ९ खेलबाट २२ अंक छ । क्यासलले ७ खेलमा जित १ खेलमा बराबरी र १ खेलमा हार व्यहोरेको थियो । राइजिङ क्लब तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राइजिङको कुल ९ खेलबाट १९ अंक छ । राइजिङले ६ खेलमा जित,१ खेल बराबरी र २ खेलमा हार व्यहोरेको छ ।
दोस्रो स्थानमै रहनका लागि भने टोलले सविन मेमोरियल र शंखमुलबीचको नतिजा कुर्नुपर्नेछ । उक्त खेलमा शंखमुलले जितेको खण्डमा दोस्रो स्थानमै उक्लिने छ । सविनले जितेको खण्डमा भने प्लेअफमा पुग्ने सम्भावना रहने छ । शंखमुललाई जितेपनि फुटसल ५ धरान र प्रभातफेरी युथ क्लबबिचको नतिजा पर्खिनुपर्ने हुन्छ । उक्त खेलमा फुटसल ५ धरानले जितको खण्डमा शंखमुलाई जितेपनि प्लेअफमा पुग्न भने सक्दैन । फुटसल ५ धरानको ८ खेलबाट १४ अंक रहेको छ । सविनको ८ खेलबाट १३ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।
क्यासलले हार व्यहोर्दा सविनलाई पनि घाटा परेको छ । राइजिङलाई क्यासलले हराएको खण्डमा सविनले शंखमुललाई जितेको खण्डमा सविनको प्लेअफको सम्भावना थियो । उक्त सम्भावना भने क्यासलले तोडिदिएको छ । तर क्यासलको रणनीतिमा पनि फुटसल ५ धरान र प्रभातफेरीको खेलले निर्धारण गर्ने देखिएको छ । फुटसल ५ धरानले जितेको खण्डमा सविन मेमोरियल प्लेअफमा पुग्ने सम्भावना न्युन रहने छ । जुन कुरा क्यासलले चाहदैन् ।
सोमबार नै भएको मछिन्द्र स्काइ गोल्स र लुम्बिनीबिचको प्रतिष्ठाको खेलमा मछिन्द्रले बाजि मारेको छ । मछिन्द्रले लुम्बिनी माथि प्रतिष्ठाको खेलमा ५–४ ले हराउँदै तालिकाको छैटौं स्थानमा रहँदै लिगबाट विदा भएको छ । स्काई गोल्सका मनोज राई, सविन केसी, सुभेत लामा र दिपेश सेन ठकुरीले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
लुम्विनीका सुजन थापाले दुई तथा देवाशेष शर्मा र रुपेश बराइलीले गोल फर्काए । जितसँगै मछिन्द्रको ९ खेलबाट १३ अंक जोड्दै लिगमा छैटौं स्थानमा रहेर लिगको अन्त्य ग¥यो । लुम्विनी र झरना स्पोर्ट्स क्लबले रेलिगेसन टार्न सकेनन् । लुम्बिनी भने यस अघि नै रेलिगेसनमा परिसकेको थियो । दुबै टिमलाई एन्फा फुटसल संयोजक रत्नकुमार श्रेष्ठ तथा फुटसल विभाग प्रमुख विनोद गुरुङले खादा लगाई बिदाई गरेका थिए ।
लिगमा मंगलबार लिग चरणका अन्तिम तीन खेलमा प्रतिस्पर्धा हुनेछ । फुटसल फाइभ र प्रभातफेरी, ढुकु र झरना तथा सविन मेमोरियल र शंखमुलबीच प्रतिस्पर्धा हुनेछ । लिगको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]