default_image

3 years ago

October 5, 2021

मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई लाफा भलिबल उपाधि

दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्टस एकेडेमीले लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शिवनगर सामुदायिक वनको कोर्टमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाई २–१ ले हराउँदै उपाधि जितेको हो । एकेडेमीले लाफालाई २५–१६,२५–२७ र १५–१३ ले हराएको थियो । न्यु होराइजन स्पोर्ट्स क्लब प्रतियोगितामा तेस्रो बन्यो । नमस्ते गुल्मी […]

25 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

मदन भण्डारी स्पोर्टस एकेडेमीले लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शिवनगर सामुदायिक वनको कोर्टमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाई २–१ ले हराउँदै उपाधि जितेको हो । एकेडेमीले लाफालाई २५–१६,२५–२७ र १५–१३ ले हराएको थियो ।

न्यु होराइजन स्पोर्ट्स क्लब प्रतियोगितामा तेस्रो बन्यो । नमस्ते गुल्मी भलिबल ग्रुप २५–२३ र २५–२१ को सोझोले हराउँदै न्यु होराइजन तेस्रो बनेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ४० हजार, आयोजक टोलीले २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडी सम्मिलित ४० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स लाफाका सागर लामिछाने, उत्कृष्ट सेटर मदन भण्डारीका विनोद बि क, उत्कृष्टसर्भर लाफाका यम आले, उत्कृष्ट स्पाइकर मदन भण्डारीका गौरव खत्री, राइजिङ प्लेयर्स दिप बोर्डिङका सन्दिप नेपाली र उत्कृष्ट खेलाडी मदन भण्डारीका बबिन थापा चुनिए ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, बुटवल उपमहानगरपालिका वडा ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरे , मिलिजुली टोल विकास समितिका अध्यक्ष निर्मला महत, लाफा समूहका अध्यक्ष तारा सिं रेश्मी, उपाध्यक्ष उपाध्यक्ष बबिन थापा, खेल संयोजक केशव राना तथा समूहका संरक्षक बासुदेव लामिछानेले विजेता ,उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.