default_image

4 years ago

October 6, 2021

रोमाञ्चक जित निकाल्दै स्पोर्ट्स क्यासल फाइनलमा

217 views

0 Bookmark

विजय नेपाली, पोखरा

अन्तिम दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि स्थानिय टोली स्पोर्ट्स क्यासल पोखराले दि राइजिङ क्लब धरानमाथि रोमाञ्चक जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानमाथि ८–६ को रोमाञ्चक जित निकाल्दै स्पोर्ट्स क्यासलले फाइनलमा स्थान बनाएको हो । स्पोर्ट्स क्यासलले ४–६ ले पछि रहेको अवस्थामा खेललाई बराबरीमा ल्याउँदै अन्तिम दुई मिनेटमा दुई गोल गरेपछि रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

स्पोर्ट्स क्यासलको जितमा किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक पुरा गर्दा सुरज गुरुङ र विजय गुरुङले समान एक गोल गरे । राइजिङका हेमन्त थापा मगर, सुदिप गुरुङ र मिलन राईले समान दुई गोल गरेपनि हार टार्न सकेन । स्पोर्ट्स क्यासलका किशोर गुरुङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे ।

यससँगै स्पोर्ट्स क्यासलले लिगको अन्तिम राउन्डमा भोगेको हारको बदला लिएको छ । स्पोर्ट्स क्यासल राउन्ड रोविन लिगको अन्तिम खेलमा राइजिङसँग ६–४ ले पराजित हुदै लिगमा पहिलो हार बेहोरेको थियो । अब स्पोर्ट्स क्यासलसँग हार बेहोरेको राइजिङले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल खेल्नेछ ।

लिगको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.