default_image

4 years ago

October 6, 2021

शंखमुललाई फाइनल पुग्ने अवसर

248 views

0 Bookmark

विजय नेपाली, पोखरा

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलुटोली स्पोट्र्स क्यासल फाइनल प्रवेश गर्दा अर्को घरेलु टोली सविन मेमोरियल भने बाहिरीएको छ । बुधबार भएको छुट्टाछुट्टै खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई हराएको हो भने सविन मेमोरियल शंखमुल फुटसलसंग हार बेहोरेको हो ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो क्वालिफाइङ खेलमा क्यासलले राइजिङमाथि संघर्षपूर्ण जित निकालेको हो । खेलको सुरुवातमा क्यासलले अग्रता लिएपनि खेलको मध्य समयमा भने राइजिङले अग्रता लिएको थियो । अंक तालिकाको शीर्ष स्थानमा रहेको क्यासल र दोस्रो स्थानमा रहको राइजिङबिच फाइनल प्रवेशको खेल भएको हो ।

खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई सुरुवाती अग्रता दिलाए । यस्तै छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए । तर अग्रता लामो समय भने टिक्न सकेन । एकाएक खेलमा हावी हुँदै गएको राइजिङले खेलको नवौं मिनेटमा हेमन्त थापा मगरको गोलबाट अग्रता लियो । हेमन्तले फ्रिकिकमा उत्कृष्ट गोल गरे ।

१२ औं मिनेटमा मिलन राईले बराबरी गोल गरे । १३ औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै राइजिङलाई पुनरागमन अग्रता दिलाए । त्यसपछि भने क्यासल निकै दबाबमा देखियो । लिगचरणको खेलमा राइजिङसंग क्यासल नाटकीय रुपमा ६–४ गोल अन्तरले हारेको थियो । क्यासलले फाइनल प्रवेशका लागि शंखमुल भन्दा राइजिङसंग भिड्न सहज हुने भएकाले सोहि अनुरुपको रणनीति अपनाएको थियो ।

तर, क्वालिफाइ खेलको एक समय भने क्यासल डराउन पुगेको थियो । खेलाडीहरुपनि आत्तिएर खेल्न थालेका थिए । यद्यपी क्यासलको फाइनल पुग्ने सपना भने पुरा भएको छ तर नसोचेको तरिकाले । खेलको पहिलो हाफ सकिदाँसम्म राइजिङ ३–२ गोलले अघि थियो । दोस्रो हाफमा भने खेल निकै फरक थियो । एक एक सेकेन्ड कस्को पोल्टामा जान्छ भन्ने थियो । २३ औं मिनेटमा राइजिङका हेमन्तले पुन: फ्रिकिकमा उत्कृष्ट गोल गरे । खेलमा उनको त्यो व्यक्तिगत दोस्रो गोल थियो । त्यसपछि क्यासल झन दबाबमा पर्यो ।

अन्ततः खेलको २८ औं मिनेटमा सुमितले गोल गर्दै अग्रता घटाए । २८ औं मिनेटमै सुमितले दिएको कर्नरपासमा किशोर गुरुङले खेलाडीलाई टर्निङ बिट गर्दै बरबरी गोल गरे । त्यसपछि फेरी राइजिङले नै अग्रता लियो । खेलको ३१ औं मिनेटमा मिलन राईको व्यक्तिगत दोस्रो गोलमा राइजिङको पाँचौ गोल हुन पुग्यो ।

३२ औं मिनेटमा सुदिपले पनि व्यक्तिगत दोस्रो गोल गर्दा राइजिङ ६–४ ले अघि रह्यो । त्यसपछि क्यासलको खेल भने विर्सन लायक थिएन । क्यासल एकाएक हाबि हुन थाल्यो । ३४ औं मिनेटमा सुमितले गोल गरे । ३९ औं मिनेटमा सुरज गुरुङले बराबरी गोल गरे । खेलको ४० औं मिनेटमा किशोरले ह्याट्रिक पुरागर्दै पुनरागमन अग्रता दिलाए । सुमितले पनि ४० औं मिनेटमै हेड मार्फत गोल गर्दै ह्याट्रिक पुरा गर्दा क्यासल ८–६ ले विजयी भयो ।

जितपश्चात क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले राइजिङसंग नसोचेको खेल भएको प्रतिक्रिया दिए । ‘आजको खेलमा हामीले एक सेकेन्डपनि रेष्ट गर्न सकेनौ । यो सेमिफाइनल निकै गाह्रो भयो । तर, मेरो टिममा मलाई विश्वास थियो ’ उनले भने,‘यो खेलले अब फाइनल सजिलो हुन्छ भन्ने देखायो ।’

यस्तै राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले खेलाडीले सोचेको भन्दा उत्कृष्ट खेल खेलेको प्रतिक्रिया दिए । ‘आजको म्याच हामीले देख्दा, हेर्दा र टिमको जोश देख्दा अलिहेसम्मको टफ म्याच फाइनल जस्तै भयो । विडम्बना हाम्रा दुई खेलाडी घाइते भए । त्यतिबेला मलाई भावुक पनि बनायो । राम्रो खेलाडी थिए उनीहरु ।’ उनले फिक्सो पोजिसनका खेलाडी दोर्जे तामाङ र विकु तामाङ घाइते भएको बताए ।

‘विकुको काधको हाडमा चोट लागेको छ । उसलाई अस्पताल लगिएको छ । उसको अवस्था भनेको गम्भिर छ । दोर्जेकोपनि खुट्टामा चोट लागेको छ ।’ उनले क्यासल जितका हकदार रहेको बताए । क्यासलका हरेक खेलाडी उत्कृष्ट रहेको र प्रशिक्षक समेत उत्तिकै उत्कृष्ट रहेको बताए ।

अर्को सविन मेमोरियल भने शंखमुलसं ३–२ को हार व्यहोरेको छ । लिग चरणमा शंखमुललाई नै ३–२ ले हराएको सविन एलिमेटर खेलमा भने शंखमुलसंग सोहि नतिजाले हार व्यहोरेको हो । हारसंग घरेलु टोली सविनको पनि यात्रा समाप्त भएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि राइजिङ क्लबसंग क्वालिफाइङ खेल खेल्ने छ । उक्त खेलको विजेताले फाइनलमा घरेलुटोली क्यासलको सामना गर्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.