4 years ago
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघ, सितोरियो कराते डो लगनखेलले आइतबार शुभकामना कार्यक्रम आयोजना गरेको छ । दशै, तिहार, नेपाल सम्बत ११४२ र छठ पर्वको उपलक्ष्यमा कराते डो लगनखेलले आफ्नो हलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खेल पदाधिकारी, खेलकर्मी, करातेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीको सहभागिता रहको थियो ।

कार्यक्रमका मुख्य अतिथि नेपाली कांग्रेस खेलकुद विभागका सचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले लगनखेल डोजोले थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको चर्चा गर्दै देशको कराते विगतको जस्तो व्यवस्थित नरहको गुनासो गरे ।
डोजोका संस्थापक सानुलाल श्रेष्ठले सबैको प्रयासमा लगनखेलमा डोजो स्थापना गर्न सकेको स्मरण गर्दै सबै मिलेर अघि बढ्दा आउने दिनमा पनि खेलको विकास गर्न सकिने चर्चा गरे ।
लगनखेल डोजीका महासचिव विनोद महर्जनले सञ्चालन गरेको कार्यक्रममा नेपाल ओलम्पियन संघका नवनिर्वाचित अध्यक्ष ओलम्पियन दीपक विष्टले कराते खेलको विकासमा लगनखेल डोजोको भुमिका महत्वपूर्ण रहेको चर्चा गरे । करातेका मुख्य प्रशिक्षक हिरा सिंह डंगोल, राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणा र लगनखेल डोजोका अध्यक्ष दीपक श्रेष्ठले कराते खेल र लगनखेल डोजोको चर्चा गरे ।

आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता समेत रहेका दीपक, आठौंका स्वर्ण र नवौं सागका कास्य पदक विजेता रवि महर्जन, आठौं सागका स्वर्ण पदक विजेता गंगाराम महर्जन र निता राई, १३ औं सागका स्वर्ण पदक विजेता विप्लभ श्रेष्ठ, दसौं सागका रजत पदक विजेता विनोद महर्जन र अमृता शाक्य, १३ औं सागका कास्य पदक विजेता मुकेन्द्र महर्जनलगायत लखनखेल डोजोका उत्पादन हुन् ।
हालै जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक कास्य पदक जितेका मुकेन्द्रलाई सोही अवसरमा नगदसहित सम्मान गरिएको थियो । हरेक वर्ष दशै,तिहार र नेपाल सम्बतमा डोजोले शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]