4 years ago
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले बिहीबार दुई मन्त्रीलाई स्वागत गरेको छ । संघले श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई सयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
संघले हरेक पटक नयाँ खेलकुद मन्त्री नियुक्त भएपछि स्वागत गर्दै आएको छ । त्यहि क्रममा गहतराजलाई बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरेको हो । अर्का मन्त्री श्रेष्ठलाई भने संघले आफ्ना उपाध्यक्ष समेत रहेका कारण बधाई तथा शुभकामना कार्यक्रम राखेको हो ।
सातदोबाटोस्थित संघको कार्यालयमा भएको कार्यक्रममा अघिल्लो महिना निर्वाचित कार्यसमितिका अध्यक्ष प्रकाश शम्शेर राणा, महासचिव दीपराज गुरुङ र अन्य तेक्वान्दोकर्मीले बधाई तथा शुभकामना दिएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]