default_image

4 years ago

October 29, 2021

टाइब्रेकरमा एफएफसीलाई सफलता

157 views

0 Bookmark

भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा शुक्रबार एफएफसी दासढुंगा, आरआरएफसी हेटौंडा र नवदुर्गा एफसी कावासोती विजयी भएका छन् । अर्को खेलमा आयाम युवा क्लबले वाकओभर पाएको छ ।

भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा एफएफसी दासढुंगाले गडुवा एफसीलाई टाईब्रेकरमा २–० ले पराजित गर्यो । निर्धारित समयमा १–१ गोल भएपछि टाईब्रेकरमा दासढुंगाले बाजी मारेको हो । खेलको तेस्रो मिनेटमा सुजन गुरुङले गोल गर्दै दासढुंगालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको १२ औं मिनेटमा गडुवाका मनिष तामाङले बराबरी गोल गरे ।

दोस्रो खेलमा आयाम युवा क्लबले वाक ओभर पाएको छ । रड्स रामपुर उपस्थित नभएपछि आयाम वाक ओभर पाउँदै सिधै प्री क्वाटरफाइनलमा स्थान बनाएको छ । तेस्रो खेलमा आरआरएफसी हेटौंडाले पञ्चकन्या युथ क्लबलाई २–० ले पराजित गरेको छ । हेटौंडाको जितमा एरिस लामा र अशिम गुरुङले गोल गरे ।

चौथो तथा अन्तिम खेलमा नवदुर्गा एफसी कावासोतीले लगनशिल युथ गर्दासमाथि ४–१ को सानदार जित निकालेको छ । कावासोतीलाई जिताउन नवीन गाहा मगर र शिरिश दाहालले समान २–२ गोल गरे । गर्दासका सफल भण्डारीले एक गोल फर्काए ।

प्रतियोगितामा शनिबार पनि चार खेल हुनेछ । शनिबार युनिक एफसी र कालिका गौरीवारी, आयोजक कैलाश युथ क्लब र जिरोना फुटबल क्लब, अकलादेवी एफसी दासढुंगा र खेतबारी एफसी तथा युनिक एफसी (बी) र साहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

३२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल कात्तिक १७ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४२ र दोस्रो हुने टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सविन अधिकारीले जानकारी दिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.