8 years ago
April 27, 2017
एजेन्सी (स्टुगार्ड)- १५ महिनाको प्रतिबन्धपछि पहिलो खेल खेलेको रसियन टेनिस सुन्दरी मारिया सारापोभाले जित निकालेको छ ।
स्टुगार्ड ओपन अन्र्तगत बुधबार राति भएको प्रि–क्वार्टरफाइनलको खेलमा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले रोबर्टा भिन्चीलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।
शक्तिबर्धक औषधी प्रयोग गरेको भन्दै एन्टि डोपिङ (वाडा) ले उनलाई २२ महिनाको प्रतिबन्ध सुनाइएको थियो । तर, पछि उनको प्रतिबन्ध १५ महिनामा झारिएको थियो । सारापोभाको प्रतिबन्ध गत सोमबार सकिएको थियो ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]