9 years ago
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा मंगलबार सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार प्रायोजन गरेको क्वायरटुफ म्याटे«सले थप पुरस्कार प्रायोजनको व्यवस्था मिलाएको छ ।

स्ट्याटस ट्रेडिङका कार्यकारी निर्देशक सुरेन्द्र सारडा (दायाँ) प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालाई चेक हस्तान्तरण गदै ।
यसअघि नै घोषणा गरिसकेको प्रथम पुरस्कार रकम १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरणका लागि आइतबार क्वायरटुफ म्याट्र«सले थप प्रायोजनको घोषणा गरेको हो ।
शान्तिनगर स्थित स्ट्याटस ट्रेडिङको कार्यलयमा कार्यकारी निर्देशक सुरेन्द्र सारडाले प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालाई चेक हस्तान्तरण गरे । सारडाकै सहायक कम्पनी जेम प्लोरिङले सर्वोकृष्ट खेलाडिको १५ हजार तथा अन्य ८ बिधागत पुरस्कार २४ हजार रुपैयाँ पनि प्रायोजन गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा मंगलबार सुरु हुने प्रतियोगितालाई केएनपी जापानले मुख्य तथा शिवम् सिमेन्टले सह प्रायोजन गरेको छ । त्यस्तै प्रतियोगिताको बिशेष सहयोगको रुपमा राखेप,नेपाल भलिबल संघ,प्रतिष्ठित रेमिटेन्स कम्पनी आइएमइ रेमिट,डल्फीन चियर,एयर एसिया,मेरिडिन पोली क्लिनिक रहेका छन् ।
६ टोलीको सहभागितामा ४ दिन चल्ने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख ५० हजार, दोश्रोले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]