8 years ago
August 23, 2017
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको सर्वाधिक सफल टोली न्यु डायमन्डले घरेलु टोली पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र एपिएफ अर्को विभागिय नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

पोखराको लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा तीज महोत्सबको अवसरमा भैरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता न्यु डायमण्डले पश्चिमाञ्चललाई हराउँदै पाँचौँ पटक उपाधि नजिक पुगेको छ । पहिलो सेट २५–१६ ले जितेको न्यु डायमण्डले त्यसपछिको दुई सेट २५–१९ र २५–१७ ले आफ्नो पक्षमा पार्यो ।
बुधबार नै अर्को अर्को खेलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–२० ले हरायो । पहिलो संस्करणदेखि नै फाइनलमा पुग्दै आएको एपिएफ छैटौँ संस्करणमा पनि फाइनलमा प्रवेश गरेको छ ।
एपिएफले वर्षाको कारणले मंगलबार स्थगित भएको लिगको खेलमा पश्चिमाञ्च र जाउलाखेललाई ३–० को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो । पहिलो लिग खेलमा पश्चिमाञ्चललाई २५–११,२५–९ र २५–१५ र जाउलाखेललाई २५–६, २५–९ र २५–७ ले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको थियो ।
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो हुनेले २० हजार र चौथो हुने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडी, क्विकर, लिव्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षले पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं नैकापको शिवम न्यु डायमण्ड एकेडेमी यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । शिवम् न्यु डायमण्डले दोस्रो संस्करणदेखि पाँचौँ संस्करणसम्म लगातार उपाधि रक्षा गरेको छ । पहिलो संस्करणको उपाधि भने नेपाल एपिएफ क्लबले जितेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]