8 years ago
May 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्यो।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिसले पहिलो सेट २५-१२ ले हात पारेको थियो। दोस्रो सेट न्यु डायमण्डले २५-१६ ले जित्दै बराबरी गरेपनि पछिल्लो दुई सेटमा डायमण्ड पराजित भयो ।
तेस्रो सेटको अधिकांश समय अग्रतामा बसेको डायमण्ड २६-२४ ले पराजित भयो भने चौथो सेट पुलिसले २५-१९ ले कब्जा गर्यो। अघिल्लो संस्करणको उपविजेता न्यु डायमण्डले सेटर कृपा अधिकारीको कमी महसुस गर्यो। कृपाले नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएपछि क्लब छाडेकी थिइन।
साविक विजेता एपिएफको विजयी सुरुआत
प्रतियोगिताको साविक विजेता नेपाल एपिएफले दोस्रो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सहजै पराजित गर्दै विजयी सुरुआत गर्यो। पहिलो सेट २५-३ ले जितेको एपिएफले पछिल्लो दुई सेट २६-६ र २५-७ ले जित्यो।
आजबाट सुरु भएको प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।
भोलीको खेल
नेपाल एपिएफ विरुद्ध पश्चिमाञ्चल – ११ बजे
नेपाल आर्मी विरुद्ध नेपाल पुलिस – १:३० बजे
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]