default_image

8 years ago

May 15, 2018

पुलिस दोहोरो उपाधि नजिक

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहोरो उपाधिनजिक प्रवेश गरेका छन् । पुलिस पुरुष र महिला दुवै तर्फको फाइनलमा प्रवेश गरेका हुन् ।

Nepal Police Club

फाइल तस्बिर

रोल्पाको सदरमुकाम लिवाङमा भएको पुरुषतर्फको सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।

सुरुआती दुई सेट समान २५–१६ ले जितेको पुलिसले तेस्रो सेट २४–२६ को प्रतिस्पर्धात्मक सेटमा गुमाएको थियो । तर, चौथो सेट पुलिसले २५–२१ ले सहज आफ्नो पक्षमा पार्यो । अब पुलिसले उपाधिको लागि बुधबार अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले प्रदेश नम्वर ४ लाई २७–२५, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो ।

महिलातर्फ पुलिसले त्रिभुवन आर्मी क्लबमाथि २५–२०, २५–१७ र २५–१० को सहज जित निकाल्यो । वर्षको नयाँ सिजनमा पुलिस लगातार दोस्रोपटक उपाधिनजिक पुगेको हो ।पुलिस शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको महिला भलबलमा पराजित भएको थियो । अब पुलिसले उपाधिको लागि भलिबलमा सशक्त टोली एपीएफको सामना गर्नेछ । एपीएफले मंगलबारै प्रदेश नम्वर ५ लाई २५–६, २५–८ र २५–१३ को सहज जित निकाल्यो ।

महिलातर्फ आर्मी र पुरुषतर्फ प्रदेश ४ ले तेश्रो स्थान हात पारे । प्रतियोगितामा सहभागी महिला र पुरुष दुवै टिमलाई चार समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भएको थियो । दुवै समूहका विजेताले समान ३ लाख ५० हजार पाउनेछ । उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.