8 years ago
June 6, 2018
काठमाडौ (कास) – दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल बुधबार भएको खेलमा एपीएफले पद्मोदय युवा क्लब चितवनलाई ३–१ को सेटमा पराजित गर्दै दुई खेल अगावै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । एपीएफले पद्मोदयमाथि पहिलो र दोस्रो सेट क्रमशः २५–११ र २५–१६ ले आफ्नो पषमा पारेको थियो । केही नयाँ खेलाडीलाई मौका दिएको एपीएफले तेस्रो सेट २०–२५ ले गुमायो । १८–२० ले पछि परेको अवस्थामा प्रशिक्षक ज्ञानेन्द्र विष्टले पहिलो रोजाईका सबै खेलाडीलाई मैदानमा उतारेपनि जित हात पार्न सकेन । एपीएफले २ अंक मात्र जोड्न सक्दा पद्मोदयले उच्च प्रदर्शन गर्दै बलियो एपीएफलाई एक सेटमा हार चखायो । चौथो सेटमा भने एपीएफ पुरै हावी हुदै २५–५ को सहज जित निकाल्यो ।
लगातार तेस्रो जितसँगै एपीएफको ३ खेलबाट ९ अंक पुगेको छ । बुधवार दोहोरो जित निकालेको पुलिसले चार खेलबाट ३ जित निकाल्दै ९ अंकका साथ सेमिफाईनलमा स्थान शुरक्षित गरेको छ । पुलिसले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गरेको पुलिसले दोस्रो खेलमा पद्योदय युवा क्लव, चितवनबिरुद्ध ३–० कै सेटमा जित निकाल्यो । पुलिसले जावलाखेलबिरुद्ध २५–७, २५–९ र २५–११ को जित निकालेको थियो। अर्को खेलमा पद्योदयलाई २५–१२, २५–१६ र २५–१६ को सेटमा हरायो । त्यस्तै शिवम् न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३–० को सेटमा पराजित ग¥यो । न्यू डायमण्डले २५–२१, २५–१४ र २५–१८ को सेटमा जित निकाल्न सफल भयो । सेटर कृपा अधिकारीको अभाव खड्किएको डायमण्ड केही कमजोर देखिएपनि पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाहीको उपस्थितिले न्यू डायमण्ड टिम बलियो देखिएको छ । न्यू डायमण्डले ३ खेलबाट ६ अंक जोड्दै सेमिफाईनलको बाटो सहज बनाएको छ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ । लिग खेलमा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन् । खेल तालिकानूसार पहिलो बरियतामा रहेको टिमले चौथो बरियतामा रहेको टिम सग तथा दोश्रो वरियतामा रहेको टिमले तेश्रो बरियातामा रहेको टिमसग सेमिफाईनलमा प्रतिस्पर्धा हुनेछ । जेष्ठ २६ सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले २ लाख,उपबिजेताले १ लाख, तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]