default_image

3 years ago

June 27, 2022

साथी बाल्टिमोरको जर्सी सार्वजनिक

300 views

0 Bookmark

बाल्टिमोर (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोर हुने साथी कप २०२२ का लागि साथी बाल्टिमोर क्रिकेट क्लबले नयाँ जर्सी सार्वजनिक गरेको छ ।

आइतबार क्लोभरल्यान्ड क्रिकेट मैदानमा फार वेस्टर्न क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल आयोजना गर्दै क्लबले जर्सी सार्वजनिक गरेको हो । खेलअघि जर्सी सार्वजनिक कार्यक्रममा बाल्टिमोर काउन्टी डिस्ट्रिक्ट ५ को काउन्सिलम्यान डेविड मार्क्स र स्टेट डेलिगेट डिस्ट्रिक्ट ८ कार्ल ज्याकसन उपस्थित रहेका थिए । उद्घाटन सत्रमा डेविडले बलिङ र कार्लले ब्याटिङ गरेका थिए ।

मैत्रीपूर्ण खेलमा भने फार वेस्टर्नले जित हासिल गरेको थियो । बाल्टिमोरले प्रस्तुत गरेको लक्ष्य फार वेस्टले ९ विकेटको क्षतिमा पूरा गरेको हो । साथी बाल्टिमोरकै अग्रसरतामा क्लोभरल्यान्ड मैदानमा क्रिकेट खेलिंदै आएको छ । निकट भविष्यमा मैदानको स्तरोन्नति गर्ने लक्ष्य क्लबले राखेको छ ।

साथी बाल्टिमोर क्रिकेट क्लबले नयाँ सिजनका लागि २०२२-२३ सिजनका लागि जर्सी सार्वजनिक गरेको हो । जर्सी सार्वजनिकमा मुख्य प्रायोजक घिमिरे होम्सका सिइओ क्रिस घिमिरेको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएन मेरील्यान्ड च्यापटर अध्यक्ष राजु पराजुली, पूर्व राष्ट्रिय खेलाडी तथा तेक्वान्दो रेफ्री राजु क्षेत्री, नेपाल अल स्टार्सका आशिक लामा र फार वेस्टर्न समाजका अध्यक्ष दमन विक्रम शाही पनि उपस्थित थिए ।

October 31, 2025

एभरेष्ट युनाइटेडलाइ म्याक्सिम्याक्स एजुकेशनकाे प्रायाेजन

मेलवर्न (हाम्रो खेलकुद) – म्याक्सिम्याक्स एजुकेशन तथा भिषा सर्भिसेस प्रालीेले अस्ट्रेलिया मेलवर्नस्थित स्थानीय क्रिकेट क्लब एभरेष्ट युनाइटेडलाइ मुख्य प्रायाेजन गरेकाे छ । मेलवर्नमा एक कार्यक्रम गरी म्याक्सिम्याक्सले क्लबसँगकाे प्रमुख प्रायाेजनसँगै टिमकाे जर्सी पनि सार्वजनिक गरेकाे हाे ‌। म्याक्सिम्याक्सका सीइओ शंकर धरेल, क्लबका प्रतिनिधि राजन मास्के, नेपाली समाज भिक्टाेरियाका उपाध्यक्ष सुदीप श्रेष्ठलगायतले टिमलाइ म्याक्सिम्याक्सकाे लाेगाे अंकित जर्सी […]

October 5, 2025

रविन र प्रतिभा सर्वाेत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]

October 5, 2025

मोना र म्याग्दी काली ढोरपाटन रनिङ कप भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा […]

Success

Thank you for your time.