4 years ago
December 24, 2021
विराटनगर (हाम्रो खेलकुद)– विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सुरु भएको छ । विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा बेलबारीका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडीले आयोजक क्लब विराटका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडीसँग तथा विराटका उत्तम सिमखडा र मिलन नेम्वाङको जोडीले बेलबारीका अर्जुन कार्की र विष्णु आचार्यको जोडीसँग सेमिफाइनल खेल खेल्ने छ ।
त्यस्तै मेन्स डबलतर्फ बेलबारीका नवीन राई र हेम गुरुङको जोडीले राजधानी युवा क्लबका अजय चौधरी र शशी चौधरीको जोडीसँग तथा विराटका भोजबहादुर गुरुङ र उत्तम सिमखडाको जोडीले बेलबारीको ज्योती हाङ राई र लाक्पा शेर्पाको जोडीसँग सेमिफाइनल खेल खेल्ने छन् ।
क्लबकै आफ्नो कभर्ड हलमा पुस ९ र १० गते दुई दिने प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ । जसमा बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकले भाग लिएका छन् । प्रतियोगितामा मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका छन् ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरेका थिए । प्रतियोगिताको मेन्स डबलका विजेताले २५ हजार, उपविजेताले १५ र तेस्रो हुनेले ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले २० हजार, उपविजेताले१२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलको मुख्य प्रायोजक रहेका अर्जुन तुम्रोक, दुर्गाप्रसाद तुम्रोक र ताराकुमार तुम्रोकले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष समशेर राईले जानकारी दिए । प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]