9 years ago
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघ यसै महिनाको अन्त्यमा नेपाल बिडब्लूएफ अन्तर्राष्ट्रिय सिरिज २०१६ आयोजना गर्ने भएको छ । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लूएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतिमा हुने सिरिजमा नेपालसहित एसियाका १३ राष्ट्रका खेलाडीको सहभागिता रहने संघले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा मंसिर २८ देखि पुस २ गते सम्म सिरिज राखेपको त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । सिरिजमा नेपाल टेलिकम, सनराइज बैंक, सामसुङ र योनेक्सले प्रायोजनाका लागि इच्छा देखाइरहेको संघले जनाएको छ । ६ हजार अमेरिकी डलर पुरस्कार रहेको प्रतियोगितामा नेपालसहित सिरिजमा भारत, बंगलादेश, भुटान, पाकिस्तान ,माल्दिभ्स ,भियतनाम, मलेसिया, इरान, फिलिपिन्स ,श्रीलंका ,इन्डोनेसिया र सिरियाका खेलाडीले भाग लिनेछन् ।
सिरिजमा विभन्न ५ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । मेन्स सिंगल, वमन सिंगल, मेन्स डबल, वमन्स डबल र मिक्स डबलमा गरि ९४ खेलाडीको सहभागिता रहनेछ । मेन्स सिंगलमा ३२, वमन सिंगल्समा २३ जनाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै मेन्स डबलमा १४ र वमन्स डबलमा १२ जोडीले भाग लिनेछन् । मिक्स डबल्समा १३ जोडीबीच प्रतिस्पर्धा हुनेछ । ५ विधाका विजेता, उपविजेताले कुल ६ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालले केही साताअघि पाकिस्तानमा आयोजना भएको अन्तर्राष्ट्रिय सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेको थियो । तामाङ दिदिभाई नङ्सलदेवी र रत्नजितले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । ब्याडमिन्टनमा नेपालको त्यो अहिले सम्मकै ठूलो सफलता हो । आठ बर्षपछि संघले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना लागेको हो । यसअघि सन् २००८ मा सहित संघले ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको र भविष्यमा पनि यस्तो प्रतियोगिता आयोजनाका लागि पहल गर्ने जनाएको छ ।
यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता बिडब्लूएफको सदस्य राष्ट्रले मात्र आयोजना गर्ने अधिकार पाउछ । ४१ जिल्ला संघ रहेको ब्याडमिन्टन संघले केही बर्षमै ६० जिल्लामा संगठन विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]