9 years ago
January 1, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा कमल भण्डारी र राजु श्रेष्ठको जोडीले १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको डबल्स तर्फको उपाधि जितेको छ । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा कमल र राजुको जोडीले आत्माराम कार्की र राजु श्रेष्ठ (गोर्खा) को जोडिलाई ६–२, ६–३ ले हराएको थियो ।

५५ वर्ष माथि डबल्सको उपाधि विजेता मनोज राणा र झ्याम्बा धुन्डुप (दायाँ) को जोडी ।
४५ वर्ष माथिको डबल्सको उपाधि सुवर्ण ढाक्वा र कृष्ण घलेको जोडीले जित्यो । सूवर्ण र कृष्णको जोडीले डेगेन्द्र श्रेष्ठ र राजु क्षेत्रीको जोडीलाई ६–२, २–६ र सुपरटाईमा १०–७ ले हराएको थियो । ट्रयाक्युलिटी स्पा मुख्य प्रायोजक रहेको प्रतियोगिताको ५५ वर्ष माथि डबल्सको उपाधिमा मनोज राणा र झ्याम्बा धुन्डुपको जोडी विजयी भयो । मनोज र झ्याम्बाको जोडीले फाइनलमा करिम मुल्ला मुसलमान र कर्मा घलेको जोडिलाई ६–२, ६–४ ले हरायो ।
६५ वर्ष माथिको एकलतर्फ भरत रायमाझिले डा.इन्द्रजित राईलाई ४–२ र ५–४ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गरे । ३५ वर्ष माथिको एकलको उपाधिका लागि कमल भण्डारी र श्रीराम मगरबीच प्रतिस्पर्धा हुने भएको छ छ । सेमिफाइनलमा कमलले राजु श्रेष्ठलाई ६–०, ६–३ लाई हराए ।
आत्माराम कार्की रिटायर्ट हर्ट भएपछि श्रीराम स्वतः विजयी भए । पहिलो सेट श्रीरामले ७–६ ले आफ्नों पक्षमा पारेका थिए । त्यस्तै ४५ वर्ष माथिको एकलको फाइनलमा कृष्ण घले र राजु श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । कृष्णले प्रदिप शाहलाई ६–१, ६–० ले तथा राजुले सुदर्शन विष्टमाथि २–६, ६–४ र सुपरटाईमा १०–५ हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । त्यस्तै ५५ वर्ष माथिको एकलमा मनोज राणाले प्रदिप शाहलाई ६–२, ६–१ म पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । पोखराका खेलाडीले यसपटक सेमिफाइनल पार गर्न सकेनन् ।

December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]