2 years ago
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चौथो अन्तरस्कुल खेलकुद प्रतियोगिताको ब्याडमिन्टनमा न्यू डायमण्डकी दिक्षिता लामिछाने र टेबल टेनिसमा ग्रिन भ्यालीकी जायशा तामाङ विजयी भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको मास्र्टस प्रोग्राम इन स्पोर्टस साइन्सको चौथो ब्याचको आयोजनामा शनिबार अन्तर स्कुल खेलकुद प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा गल्र्स ब्याडमिन्टन र टेबल टेनिसमा बानेश्वरको श्रृष्टी एकेडेमी, न्यू डायमण्ड एकेडेमी, ग्रिन भिलेज एजुकेसन फाउन्डेसन, पृथ्वी मावि र तारा मावि गरि ५ विद्यालयका २४ खेलाडीको सहभागिता रहेको थियो । दुबैतर्फ समान १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
न्यू डायमण्डका खेलाडी ब्याडमिन्टनको शीर्ष चारमा आए । फाइनलमा दिक्षिताले सारिका खड्कालाई २१–१३,२१–१२ लाई हराउँदै च्याम्पियन बनिन् । कृपा मगर तेस्रो र करुना गिरी चौथो भईन् ।
टेबल टेनिसको फाइनलमा जायशाले आफ्नै स्कुलकी विभिषा थापालाई ११–१३,११–२,११–७ र ११–९ लाई हराउँदै पहिलो स्थान प्राप्त गरिन् । श्रृष्टीकी अमृता राउत तेस्रो र ग्रिन भ्यालीकी रसिका देशार चौथो भइन् ।
स्पोर्टस युनिभर्सले प्रायोजन गरेको प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, ओलम्पियन दीपक विष्ट, सुदूरपश्चिम तेक्वान्दो संघका उपाध्यक्ष केशव भट्टलगायतले पुरस्कृत गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]