2 years ago
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका अनिल मल्ल राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको क्वाटरफाइनल प्रवेश गरेका छन् ।
बसुन्धरास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापालाई २१–१५ र २१–१५ को सोझो सेटमा हराउँदै अनिल अन्तिम ८ मा पुगेको हो ।
प्रतियोगिताको यु–१३ तर्फ तनहुँका सफल भुजेल र स्पोर्टस् हवका सदीप राईले अन्तिम ८ मा पुगे । सफलले देवी नगरका प्रज्वल श्रेष्ठलाई २१–१२ र २१–१३ र सदीपले केबिसीका सामन्त बज्राचार्यलाई २१–९ र २१–७ ले हराएका हुन् ।
क्वाटरफाइनलमा पुग्नका लागि कैलालीका रियांश चौधरीले दोलखाका आरभ श्रेष्ठलाई २१–१३ र २१–१०, धन्यन्तरीका सत्यम कार्कीले ग्यालेक्सी पब्लिकका शुभम चौहानलाई २१–१४ र २१–१२, धन्यन्तरीकै सुहम कार्कीले सर्लाहीका प्रनिश कार्कीलाई २१–१४ र २१–१२ ले हराए ।
त्यस्तै एपिएफका आरुष सिमखडाले दोलखाका अग्रिम श्रेष्ठलाई २१–८, २१–१२, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका शिभम कसुधनलाई २४–२२, १३–२१ र २१–१७ र कैलालीका आदित्य चौधरीले एपिएफका आनन्द पोखरेललाई २१–३, २१–८ ले पराजित गरे ।
फिटेस पार्कका संचालक अर्जुन खनालको सभापतित्वमा भएको कार्यक्रमको बागमती प्रदेशका अर्थ मन्त्री बहादुर सिंह तामाङ्गले रेफ्रि उदय अर्याललाई सटल कर्क दिदै प्रतियोगिताको उद्घाटन गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य चन्द्र बदना राई, पूर्व ब्याडमिन्टन च्याम्पियन एवं ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष प्रताप अधिकारी, पूर्व राखेप सदस्य सुभाष श्रेष्ठ, समाजसेवी एवं ग्रिनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टन्डन, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्ग लगायतको उपस्थिती थियो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]