2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको सेमिफाइनल पुगेको छ ।
पूर्ण र गौरवको जोडीले सूर्य दर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१–१९ र २२–२० ले पराजित हराएको थियो । एपिएफका देवराज राना र क्षितिज खनालको जोडी पनि अन्तिम चारमा पुगेको छ । देवराज र क्षितिजको जोडीले नखिपोटका विवेक चौधरी र निखिल भट्टको जोडीलाई २१–९ र २१–१० ले पराजित गर्यो ।
एपिएफका सुजन थापा र राजु थापाको जोडीले आफ्नै क्लबका अमन महर्जन र रोशन साउदको जोडीलाई २१–१४, १९–२१ र २१–१२ ले पराजित हराउँदै अन्तिम चारमा पुग्यो । पुलिगका दीपक थापा र सुनिल जोशीको जोडीले देवीनगरका बविश थापा र गोलु ऐरको जोडीलाई २१–१६ र २१–९ ले हराउँदै सेमिफाइनलमा पुग्यो ।
बसुन्धरास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई २१–१९, १६–२१ र २१–१४ ले हराउँदै आफ्नै क्लबका देवराज राना संगको भेट पक्का गरे । देवराजले एपिएफकै अनिल मल्ललाई २२–२०, र २१–१५ ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।
अर्को खेलमा नखिपोटका विवेक चौधरीले एपिएफका रोशन साउदलाई २१–१८ र २१–१७ ले तथा एपिएफका क्षितिज खनालले एपिएफकै अरुण अधिकारीलाई १९–२१, २१–१४ २१–९ ले पराजित गर्दै सेमिफाइनल भेट पक्का गरेका छन् ।
महिला एकल तर्फ एपिएफकी शोभा गौचन र रिना तामाङ, कस्तुरी कलेजकी सिमा राजवंशी तथा पुलिसकी निता लम्साल सेमिफाइनलमा पुगे । शोभाले पुलिसकी सुष्मा श्रेष्ठलाई २१–११ र २१–१९, सिमाले देवीनगरकी प्रिया गौडलाई २१–८, २१–३ र निताले एपिएफकी एन्जिला वाङ्गलाई २१–४, २१–३ ले पराजित हराएकी हुन् । रिनाले सर्लाहीकी निकिता लामाबाट वाकओभर पाइन् ।
ब्वाईज यु – १३ तर्फको खेलमा तनहुँका सफल भुजेलले स्पोर्टस् हबका सदीप राईलाई २१–१३, २१–१६, कैलालीका रियाँश चौधरीले धन्यन्तरीका सत्यम कार्कीलाई २३–२१, १३–२१, २३–२१, एपिएफका आयुष सिमखडाले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई १३–२१, २१–१७, २१–५ र कैलालीका आदित्य चौधरीले धन्यन्तरीका सुहम कार्कीलाई २१–१५, २१–१९ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।

सोही समूहको गल्र्स तर्फको खेलमा मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका निभा राई, ग्यालेक्सी पब्लिक स्कुलकी अक्षरा यादव, सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र दीपक एकेडेमीकी अश्मिता कार्कीले अन्तिम आठमा स्थान बनाए ।
निभाले एपिएफकी आश्रुती कार्कीलाई २१–४, २१–५, अक्षराले दीपक ब्याडमिन्टनकी उपासना बोहरालाई २१–५, २१–१८, आश्नाले एपिएफकी एन्जिाला वाङ्गलाई २१–१०, २१–६ र अश्मिताले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१–६, २१–५ ले पराजित गरेका हुन् ।
ब्वाईज यु –१९ तर्फ एपिएफका रोशन साउदले देवीनगरका सक्षम ढकाललाई २१–१३, २१–१५ ले हराउँदै सेमिफाइनलमा युनिटीका सुनिल कार्की संगको भेट पक्का गरे । सुनिलले सुर्यदर्शनका अमन डङ्गोललाई २१–१७, २१–१३ ले पराजित गरे ।
अर्को खेलमा एपिएफका अनिल मल्लले एपिएफकै प्रारम्भ सिमखडालाई २१–६, २१–५ र एपिएफका अरुण अधिकारीले स्पोर्टस् हबका अनुज तामाङ्गलाई १५–२१, २१–१३, २२–२० ले पराजित गर्दै एकअर्कासँगको सेमिफाइनल भेट पक्का गरे ।
यसै विधाको गल्र्स तर्फ एपिएफकी रिना तामाङ्गले ग्यालेक्सीकी अक्षरा यादवलाई २१–६, २१–४ हराइन् भने मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनकी निभा राईले दीपक ब्याडमिन्टनकी उपासना बोहराबाट वाकओभर पाइन् ।
इमाडोलकी टिसा रानी शाक्यले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१–२, २१–७ र दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले कास्कीकी आयुष्मा नेपाललाई २१–९, २३–२१ ले पराजित गर्दै सेमिफाइनलको भेट पक्का गरेका छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]