2 years ago
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी प्रशिक्षक पार्वती राईलाई बुधबार सम्मान गरेको हो।
त्यस्तै टेबलटेनिसका नविता श्रेष्ठ, शिवसुन्दर गोथे र शुभश्री श्रेष्ठ, टेबलटेनिसका निर्णायक तेजेन्द्रसिंह महरा र फिजियो थेरापिस्ट आविस्कार पुडासैनी (फुटबल) सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा कार्यक्रमबीच पुरस्कृत गरे ।
रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार
सोही अवसरमा राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई सम्मान गरियो ।
रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्यांकनका आधारमा छनोट गरी ५० हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । रेग्मी डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् ।
त्रिभुवन विश्व विद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गरेका रेग्मीले २०६० सालमा राष्ट्रिय समाचार समितिबाट प्रशिक्षार्थी पत्रकारको रुपमा पत्रकारिता सुरु गरेका थिए । त्यसपछि लामो समय अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका उनी हाल गोरखापत्र अनलाइनमा कार्यरत छन् ।

यस्तै मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बागमती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइनखबर), कोशी प्रदेशबाट हरिप्रसाद कोइराला (गोरखापत्र दैनिक), मधेश प्रदेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकी प्रदेशबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णाली प्रदेशबाट नन्दराम जैसी (हिमालयन टाइम्स), सुदूरपश्चिम प्रदेशबाट नवाज पनेरु (बाह्रखरी अनलाइन) र महिलाबाट दैलेखकी रजनीकुमारी योगी (गोरखापत्र) लाई सम्मान गरिएको थियो।
उनीहरूले जनही २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । मन्त्रालयले क्रियाशील खेलकुद पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]