default_image

2 years ago

February 3, 2024

सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

491 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार जितेकी थिइन् । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगितामा जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी पूर्व राष्ट्रिय च्याम्पियन गीता थापा मगर, पुरुष ४० वर्षमाथि काष्ठमण्डप टेबलटेनिस एकेडेमीका चन्दन शाही र पुरुष ५५ वर्षमाथि भेडासिंह टेबलटेनिस क्लबका राजन सुब्बाले स्वर्ण पदक जितेका थिए ।

यु–१६ सिंगल्सको ब्वाइजमा धरानका श्रीराज वर्दान सिंह तथा गल्र्समा धरानकै श्रेया धर च्याम्पियन बनेका थिए । श्रीराज र श्रेया प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

टिम इभेन्टको पुरुषमा होप्स तथा महिलामा चीनको लान्फाङ टेबलटेनिस क्लबले स्वर्ण पदक हात पारेका थियो ।

पुरुष/महिला सिंगल्स र टिममा विजेता ५० हजार, दोस्रो ले २५ हजार र तेस्रो हुनेले समान १० हजार रुपैयाँ प्राप्त गरे । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले समान ५ हजार रुपैयाँ पाए । कुल पुरस्कार ५ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

कान्तिपुर पिङ पोङ क्लबका रिजन शाक्य र पमिला जोशी, काष्ठमण्डपका सम्भवराज वन्त, नवविहानी टेबलटेनिस क्लबका रिभानमुणि वज्राचार्य, आर्या समितिकी मनाली चन्दा, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी शुभश्री घिमिरे तथा भिन्तुना बचत तथा ऋण सहकारी लिमिटेडकी उरवी सुवाल उदीयमान खेलाडी चुनिए ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, आयोजक ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दीप जोशी, मुख्य प्रायोजक सम्झनाकी निर्देशक रजनी जोशीलगायतले पुरस्कृत गरे ।

समापनका अवसरमा टेबलटेनिसको मुख्य प्रशिक्षक नियुक्त भएकोमा राजेन्द्र कपालीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

पाँचदिने प्रतियोगितामा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ३ सय ६४, भारतबाट २४ र चीनबाट २ (महिला मात्र) खेलाडी सहभागी थिए ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.