default_image

4 months ago

August 13, 2025

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौ सुरुमा

429 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबलटेनिसको सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ भदौको पहिलो साता हुने भएको छ ।

विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा ४ देश विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो ।

प्रतियोगिता २०८० सालदेखि यो निरन्तर हुँदै आएको छ । प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो ।

यसपल्ट याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी १० क्लबले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् । पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ ।

आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थललाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन् ।

टेबलटेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् ।

पछिल्ला संस्करणको तुलना पुरस्कार राशि पनि बढाएर ४ लाखबाट ६ लाख रुपैयाँ पुर्याइएको जानकारी दिइयो । लिगको विजेताले ३ लाखसहित रनिङ ट्रफी, दोस्रो टोलीले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सोही अवसरमा ३ सहप्रायोजक सामाजसेवी एवं टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रा.लि. र कल मोबिलिटी प्रा.लि.सँग सम्झौता गरिएको थियो ।

पहिलो संस्करणमा एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो। यसपटक पुलिस सहभागी छैन ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.