default_image

3 months ago

August 25, 2025

मास्टर्स टेबल टेनिसमा नेपाललाई ९ पदक

395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा ९ पदक जितेका छन् ।

माल्दिभ्समा अगष्ट १९ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जितेको हाल माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

कपालीले १ स्वर्ण र २ रजत पदक जिते । सुरज वज्राचार्यले २ रजत र १ कांस्य पदक जित्न सफल भए । धन महर्जनले १ रजत तथा पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान १ कांस्य पदक जिते ।

कपालीका अनुसार मास्टर्स टेबलटेनिसमा नेपालले यो अहिले सम्मको ठूलो सफलता हो।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.