3 months ago
August 26, 2025
दिपक बोहोरा ,पाँचथर
झापाकी अमिता गिरीको ब्याडमिन्टन खेलाडीका रुपमा यात्रा लामो भइसकेको छ । करिब १० वर्षको उमेरमा बाटोमा अग्रज खेल्दै गरेको देखेर भएको उत्सुकताले उनलाई ब्याडमिन्टनतर्फ तानेको थियो।
उनि भन्छिन् सुरुवात सजिलो थिएन। ‘ पारिवारिक सहयोग थिएन, विशेषगरी बाबाले खेलप्रति रुचि देखाउनुभएन। र्याकेट महँगो थियो, प्रशिक्षण लिन घरबाट लुकेर जानुपर्थ्यो। १२ वर्ष मुनिको खेल जितेपछि मात्र बाबाले मेरो खेललाई स्वीकार गर्नुभयो,’ २९ वर्षे अमिता सम्झिन्छिन्।
अमिताले आफ्नो जीवनलाई प्रशिक्षण र प्रतियोगितामा समर्पित गरिन् । लगातारको अभ्यास र सफलताले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउँदै लग्यो । पाकिस्तान अन्तर्राष्ट्रिय सिरिज सन् २०१९ मा रजत पदक, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक, नवौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण पदकबाट उनको क्षमता प्रष्ट हुन्छ।
तर, सफलता सधैं मिल्छ भन्ने छ । ‘जित मात्र होइन, हारले पनि उनलाई सिकायो। अन्तर्राष्ट्रिय स्तरमा हार्दा सुरुमा निराशा भयो, तर त्यसपछि फेरि तयारी गर्ने बानीले उनलाई अझ निखारियो। जितले खुसी दिन्छ, तर हारले मेहनत गर्न प्रेरणा दिन्छ,’ उनी भन्छिन् ।

अमिताको आदर्श नेपालकी सारादेवी तामाङ र चीनकी वाङ सिक्सेन हुन् । सुरुमा सहयोग नरहेपनि पछि बाबासँगै प्रशिक्षकले दिएको प्रेरणा उनलाई सधैं अघि बढ्न सहयोग गरेको छ । खेलसँगै अध्ययनलाई निरन्तरता दिँदै उनले स्नातकोत्तरको तयारी गरिरहेकी छिन् ।
झापामा अहिले स्तरीय प्रशिक्षण नपाउँदा नयाँ पुस्ताबाट राष्ट्रिय स्तरका खेलाडी कम जन्मिएको अमिताको बुझाइ छ । अमिताले साना उमेर समूहका खेलाडीलाई लक्षित प्रशिक्षण दिन स्थानीय तह र सरकारले पहल गर्नुपर्ने बताउँछिन् ।
विदेशी प्रशिक्षकसँग प्रशिक्षण लिने अनुभवले उनको खेलमा नयाँ निखार ल्याएको उनि बताउछिन् । कोरियन र जापानी प्रशिक्षकको फरक शैलीले उनलाई नयाँ तरिका सिक्न मौका दिएको थियो।
अमिताको नजरमा खेल केबल पदक जित्ने माध्यम मात्र होइन, महिला सशक्तीकरणको बलियो साधन हो। ‘खेलले आत्मविश्वास, नेतृत्व क्षमता र निर्णयशक्ति बढाउँछ, ‘ उनी भन्छिन् ,’ महिलालाई खेलमा उत्प्रेरित गर्न राष्ट्रिय स्तरमा पुरुष बराबरको प्रतियोगिता आयोजना गर्नु पर्छ । स्कुल तहबाट महिला केन्द्रित ट्यालेन्ट हन्ट जस्ता कार्यक्रम तय गरेर इच्छुक र लगनशील खेलाडीलाई प्रशिक्षण दिनुपर्छ । स्थानिय तहले खेल पूर्वाधार र सामग्री उपलब्ध गराउन सक्यो भने राम्रो हुनसक्छ।’

अमिता थप्छिन्, ‘बेला–बखत तनाव महसुस त हुन्छ, तर आफैं संयमित भएर केही समय लिएर परिस्थिति अनुसार प्रतिक्रिया दिने गर्छु । कोर्टमा जितको दबाब हुन्छ, त्यस्तो बेला विपक्षी खेलाडिको रणनिति चल्न नदिन खेलमा केन्द्रित हुँदै रणनीति बनाउँछु। अन्य पारिवारिक, आर्थिक र व्यवहारिक दबाब छैन।’
खेल बाहेक उनलाई ट्रेकिङ्ग, हाईकिङ्ग मन पराउँछिन्। प्रायः समय बाबासँग बिताउँछिन्। लङ टेनिस खेल्न रुचाउँछिन् र नेपाली महिला टोलीले खेल्ने फुटबल पनि प्रायः हेर्छिन्।
खेलका कारण व्यक्तिगत इच्छा त्याग्नुपर्छ। तर, उनले कहिले खेल छाड्ने सोचिनन् । यु १२ उपाधि जित्नु उनको जीवनकै प्रेरणादायी क्षण उनी स्मरणीय गर्छिन्। ‘त्यो उपाधि नजितेको भए सायद म खेलाडी हुने थिएन होला,’ उनले भनिन्।
त्रिभुवन आर्मी क्लबसँगको आबद्धता उनको खेल अझ व्यावसायिक ढंगले अघि बढ्न सहयोग गरेको बताउँछिन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]